Skip to content

उसले यसरी प्रेम प्रस्ताव राखेर गई


उसले यसरी प्रेम प्रस्ताव राखेर गई
केही दिन बिचार गर्छु भन्दै चाखेर गई

तिमीले सम्झियौ भने मुटु पठाइदिनेछु भन्थी
आजसम्म बिर्सेकै छैन थाहा भो गफ हाँकेर गई

यो “रामु” आजसम्म कसैको भरमै पर्थेन
कस्तो भ्रममा पारिछ जाने बेला हाँसेर गई

म कैयौं रात सोचेर बसें – हाम्रो बीचमा के थियो ?
निष्कर्ष केही निकाल्नै सकिन कस्तो नाता गाँसेर गई ?

अचेल यही हल्लाले बजार निकै तातेको छ’रे
अचम्म आफ्नै हराएको सूचना आफै टाँसेर गई ।

रामकृष्ण अनायास

2 thoughts on “उसले यसरी प्रेम प्रस्ताव राखेर गई”

  1. यामदास घायल 'सन्तलाल'

    अत्यतन्त राम्रो भनेको छु
    अत्यतन्त राम्रो भनेको छु मैले।

Leave a Reply

Your email address will not be published. Required fields are marked *