गयो भत्ता पचायो मात्र ताली बजाएको छ
देशको आन्दानी छैन केही महंगी बढाएको छ
देश बनाउँछु भनेर भोट खाएर गएको नेता
काठमाडौँमा आफूलाई ठुलो महल बनाएको छ
यता जनता भोकै पालमा जीवन बिताउदा खेरि
राहत ल्याउँछु भन्दै गएको,सदनमा निदाएको छ
सरकार बनायो ढलायो फाइदा आफै लुटेका छन्
विचार गरिबले देशको लागि रगत बगाएको छ ।
