तीन मुक्तक (जब सँगै हुन्थ्यौं)



जब सँगै हुन्थ्यौं रातहरू पनि रंङ्गिन हुन्थ्यो
अनि छुटिने बेला आउदा निकै कठिन हुन्थ्यो
हराउथ्यौं एक अर्कामा भुलथ्यौ सारा संसार पनि
त्यसैले त पत्तै हुदैन्थ्यो कति बेला दिन हुन्थ्यो


मैले धेरै सिकेको छु त्यो पत्थरबाट
महलमा हुर्किन्छ मान्छे बिलाउँछ बगरबाट
दुनिया बदल्छु भन्दै कलम कपी बोकेर हिंडें
बदल्न सकिन आज चक र डस्टरबाट


मैले आमा बाको गुन कहिल्यै तिर्न सकिन
असल छोरा बनेर मनमा अँझै छिर्न सकिन
समय बदलियो म आफै बाउ बन्दैछु अहिले
देखाउँथे कति लाग्दो रहेछ माया मुटु चिर्न सकिन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *