यहाँ गरिबको कहिल्यै पसिनाको भाउ हुदैन
वेइमानको शहरमा इमान्दारिलाई ठाउ हुदैन
सधैं अस्मिता लुटिएका खबरले अखबार भरिन्छ
देशलाई बलि दिने सज्जनको कतै नाउ हुदैन
यहाँ कैयौ रात नसुति भोकै मर्नेहरू पनि छन्
विचरा ती नानी बाबुका आमा कोही बाउ हुदैन
नागरिकता दिनपनि घुस माग्ने सरकारले
भन्छ गरिबको लेख्ने स्थाइ गाउ हुदैन
रामकृष्ण अनायास
