भन्छन् दिल टुटेपछि कहिल्यै जोडिदैन
मायामा विश्वास भए कहिल्यै तोडिदैन
लागोस दुनियाको नजर जलोस् यो संसार
मुटु यौटै भएपछि साथ कहिल्यै छोडिदैन
जतिसुकै बाधा आओस दैवै पछि परोस
आत्मा कहिल्यै मर्ने छैन बरु शरीर मरोस्
हे प्रभु ! यौटै इच्छा छ सँगै मर्न पाऊँ
हाम्रो प्रेमले यो धर्तीमा सुवास छर्न पाऊँ
रामकृष्ण अनायास
