कविडाँडा साहित्य समाज, चितवनको आयोजनामा हरिभक्त कटुवालको ३८औं स्मृति दिवसको अवसरमा अनि हरिभक्त फर्किएनन् नामक वृत्तचित्र प्रदर्शन र उनका रचना पाठ सम्पन्न गरियो ।
भरतपुरमा अवस्थित होटल ग्लोवलमा आयोजित कार्यक्रममा स्रष्टाहरू सरिता तिवारी, सुरेन्द्र अस्तफल, बालकृष्ण थपलिया, सरला जोशी, चेतराज रेग्मी, रामकृष्ण अनायास र विजय विजयले उनका कविता पाठ गर्नुभएको थियो ।
कार्यक्रममा कवि भूपिनले उनको व्यक्तित्व र कृतित्वमाथि चर्चा गर्नुभएको थियो।
त्यसै गरी कार्यक्रममा साहित्यकार पुरू लम्सालले उनको व्यक्तित्व माथि थप प्रकाश पार्नुभएको थियो। कार्यक्रमको प्रमुख अतिथि साहित्यकार रामबाबु घिमिरेले नेपाली भाषा साहित्य र संगीतको क्षेत्रमा उनको अतुलनीय योगदान रहेको कुरा व्यक्त गर्नुभयो ।
कार्यक्रम कविडाँडा साहित्य समाजका अध्यक्ष साहित्यकार एल बी क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा चितवन र यस आसपासका स्रष्टा र शुभचिन्तकहरुको उपस्थितिरहेको थियो।
कार्यक्रमको सहजीकरण साहित्यकार गणेश श्रमणले गर्नुभएको थियो।
१६ सेप्टम्बर २०१८
