Skip to content

तीन मुक्तक (जब म मर्नेछु)


मुक्तक १

जब म मर्नेछु अनि तिमी एक्लै हुनेछौ
मलामीले शंख फुकी लाँदा कति रूनेछौ
समाज तिमी आफैले बदल्ने हो त्यसैले बिहे गर
गरिनौ भने बाँच्नलाई सधैं मेरै तस्वीर छुनेछौ

मुक्तक २

जानेहरू केही सम्झना छाडेर जान्छन्
मुस्कान दिदै मुटु घायल पारेर जान्छन्
बाँचुन्जेल तिम्रै साथ् दिन्छु भने पनि
गफै गफमा सबै कुरा टारेर जान्छन्

मुक्तक ३

मेरो घरभरि एकदिन मलामी हुनेछन्
चेहेरा मलिन अनि हातमा रामनामी हुनेछन्
जलाउदा मेरो मुटु हेर्न नभुल्नु एकपल्ट
त्यहाँ तिम्रो सजाएका तस्वीर दामी हुनेछन्

1 thought on “तीन मुक्तक (जब म मर्नेछु)”

  1. किन यति निरस मुक्तक कार जी ?
    किन यति निरस मुक्तक कार जी ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *