आमाले फोनमा भनेकी थिइन् आउछस् आउँदैनस्
पोहर त्यस्तै भयो अहिले छुट्टी पाउछस् पाउँदैनस्
चोकमा पिंङ्ग र हिजै घरमा जमरा राख्यौ बाबु
‘बा’ले भन्दै थिए यसपाली टीका लाउछस् लाउँदैनस्
परदेशको चर्को घाम घरको यादले पोल्दा पोल्दै
बहिनीले भनेकी छ मोवाइल पठाउछस् पठाउँदैनस्
तोते बोल्न सिक्दै गरेकी छोरी अनि श्रीमती छाडेर
साथी सम्झाउदै भन्छ खोइ दिन कटाउछस् कटाउँदैनस्
रामकृष्ण अनायास
