मुक्तक १
सधैं ताजा रहिरहन्छ केही खतहरू
अनि बाँच्ने साहास हुन्छ बिगतहरू
पीडाहरू बेला बेला बल्झिदा प्युने गर्छु
मेरा बाँच्ने आधार बनेकाछन यिनै लतहरू
मुक्तक २
मन यौटा सानो पथ्थरले पनि पगाल्न सक्छ
पिर परेपछि आँखाले आँसु खसाल्न सक्छ
बुझ महाशय महत्व सबैको आ-आफ्नै हुन सक्छ
त्यसैले त कमिलाले हात्ती पनि ढाल्न सक्छ
मुक्तक ३
चुहिने खरको छानो फेर्नु छ अब
यसपाली साहुको तमसुक केर्नु छ अब
कति पिल्सिएर बस्ने हामी गरिब जनता
मसाल बोएर सिंहदरवार घेर्नु छ अब
