#१
मैले बाबाको ऋण तिर्नु थियो
त्यसैले म परदेश छिर्नु थियो
कुनै दिन फर्किएर आफ्नै देशको
वर्षौदेखिको अँध्यारोलाई चिर्नु थियो ।
#२
म तिमीलाई जिताउन कैयौ पटक हारिसकें
मैले अचेल जित्ने अभिलाषा छाडिसकें
तिम्रो हरेक इच्छा पुरा गर्न तत्पर छु सधैं
त्यसैले त मेरा सारा चाहनाहरू मारिसकें
#३
सदियौंदेखि हुकुम चलिआएको छ मालिकहरूको
कठै !आँखा अगाडि ईज्जत लुटेको हेर्नु छ बालिगहरूको
न्याय अन्याय सधैं हेरिरहने पनि मौन छ आज
के काम हरदिन चोकमा उभिरहने शालिकहरूको ?
