मुक्तक १
यता मेरो मलामीको लामो लर्को हुँदा
उता तिम्रो सिउदोमा सिन्दूरको धर्को हुँदा
तिम्रो बिहेका जन्ती पनि रुन्छन होला
मेरो शंखको आवाज चर्को हुँदा
मुक्तक २
जसले हिजो मन्दिर बनाएका थिए
आज अर्कैले सासन चलाएका थिए
बिचरा उसैले बनाएको मूर्ति भित्रिदै गर्दा
हेर्न पनि पाएन जात्रा अरुले मनाएका थिए
मुक्तक ३
हिजो राजासँग उही दरबारमा हुँदा
र आज जनतासँग सरकारमा हुँदा
हर्कत यौटै दोर्याइरहेको छ अँझै
केही कदम चाल्दैन देश गरिबीको मारमा हुँदा
