तिम्ले साथ दिन्छ्यौ भने

  • by


उनले छाडिन् र त के भो, तिम्ले साथ दिन्छ्यौ भने
भित्रै पसी मुटु रेटिन्, आउछु आज सिउँछ्यौ भने ।

गन्तव्य हिन यात्रा मेरो साहरा बिना भएपछि
बाच्नलाई मायाको भीक, देऊ यो मन चिन्छ्यौ भने ।

वाचा वन्धन कसैलाई सदाबाहार गीत रैछ
त्यसैले त तोडी आएँ तिमी साथमा हिडद्यौ भने ।

अँञ्जुलीमा प्रेम पुष्प चढाउदा फालिन् उन्ले
सम्हालेर ल्याएको छु दिन्छु तिम्ले लिन्छ्यौ भने ।

चोखो तिम्रो त्यो जोवनी मलाई अब सुम्पे हुन्छ
प्यास लाग्दा पिलाउछु प्रेम पिउस पिउँछ्यौ भने ।

रामकृष्ण पौडेल –अनयाँस

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *