क्याम्पस गेटमा बोलाएर मलाई एक्लै राख्यौ किन
झुकाएर नजरहरू न बोल्ने भए डाक्यौ किन ।
जुदाउदै आँखाहरू कर्के नजर लाउँदै हिँड्छ्यौ
जवानीको प्यास लाग्यो बल्ल बैँश चाख्यौ किन ।
तड्पाएर मन लाई आफ्नै ईच्छा मार्दै आयौ
चाहना नै थियो भने अहिले साथ माग्यौ किन ।
उमेरले सोह्र काट्यो ढल्न लाग्यो बैँश भन्दै
आउनै पर्ने थियो र त आज सम्म भाग्यौ किन ।
चितवन, भरतपुर-१३
