Skip to content

म आँखामा बस्ता तिम्ले बिझायो भन्यौ रे

  • by


म आँखामा बस्ता तिम्ले बिझायो भन्यौ रे
बिझाएरै आँसुले जिउ भिजायो भन्यौ रे ।

होला जातै नमिलेर अनेक कुरा काटेको सुने
मैले त प्रशंसा गर्दा आखिर गिजायो भन्यौ रे ।

मन मिले त भैगो कुलको के कुरा गर्छौ
भन्दै मैले बुझाउँदथेँ, रिसायो भन्यौ रे ।

चिच्याएर बेसुरमा, भन्थे माया गर्छु तिम्लाई
बेइज्जतीले गाउँमा हल्ला फिजायो भन्यौ रे ।

(रामकृष्णपौडेल”अनयास”) भनपा-१३, कैलाशनगर

Leave a Reply

Your email address will not be published. Required fields are marked *