Skip to content

अब भेट नहुने भो संबिधानको मितिसित

  • by


अब भेट नहुने भो संबिधानको मितिसित
मियो बिनाको यो देशमा के बन्ला र थितिसित ।

कानून बन्ला नेपालमा अनि मुक्ति पाउँछु भन्दै
पर्खिबस्दा नेताहरू खेलवाड गर्छन् नीतिसित ।

दाहिने देब्रे सबै तिम्रो बाल देशको चिता बरु
अन्तिम संस्कार गरिदेऊ रिवाज अनि रीतिसित ।

कुर्ची भत्ता अनि सत्ता पाए के चाहियो अब
यिन्लाई चैन नेपाली नै लडे परिस्थितिसित ।

सिउँदो कोख उजाड गरे, संबिधान त बनाऊ भन्दै
रुँदै हेर्छिन आमा मेरी नेताको स्थितिसित ।

रामकृष्ण पौडेल “अनायस”
भनपा-१३, कैलाशनगर

Leave a Reply

Your email address will not be published. Required fields are marked *