Skip to content

जमरा र रातो टिका बनाएर राख आमा


जमरा र रातो टिका बनाएर राख आमा
एक्लै बस्न सक्दिन म स्वदेशमै डाक आमा ।

रुदै आँसु बगाउँदिहुन, मलाई पनि फर्कुँ लग्छ
बिदेशको महलभन्दा तिम्रो प्यारो काख आमा ।

लुछाचुडी अशान्ति र कुर्ची कै छ खेल देशमा
छिट्टै आउँछु शान्ति छाओस् देउरालीलाई भाक आमा ।

दशैँ तिहार चाड आउँदा गहभरि आँसु बगाई
सपनीमा खाको देख्छु घरकै मिठो छाक आमा ।

गाउँमै पालो पैचो अनि मेला पर्म गरी बस्छु
मातृभूमि छाडी जन्न धेरै खाए लात आमा ।

चितवन भरतपुर, कैलाशनगर

2 thoughts on “जमरा र रातो टिका बनाएर राख आमा”

Leave a Reply

Your email address will not be published. Required fields are marked *