उही पुरानो पहिरनमा छौ कि चोली फेर्यौ प्यारी
कति मलाई पर्खिएर रुदै बाटो हेर्यौं प्यारी,
रातो पोते, रातै साडी वर्ष दिनको यो तीजमा
तिमी मेरै बाटो हेरिकन पहिरन बेर्यौ प्यारी,
हुनेले त खाँदै होलान् छाक टार्ने गास के छ
चुहिने छानो, के खायौ नि, यादले मेरो घेर्यौ प्यारी
के लाग्थ्यो र निका पनि आखाँ जोडे देख्छु तिमीलाई
यो बर्खामा ओत बस्न कतातिर सर्यौ प्यारी
पुछारको धानको खेत रिऊ बडेर लाग्यो भन्छन्
छाती पिटी रुँदै जमीन, सीमानालाई केर्यौ प्यारी
रामकृष्ण पौडेल (अनयास)
