बाटो हेरी आँसु झार्छिन यादले मुटु जलाएर
चिन्ता गरी बस्छिन मेरै आफ्नै शरिर गलाएर
आत्तिएर छट्पटाउदै हिँड्छिन देख्छु सपनीमा
पर्खिएरै बस्छु रुँदै बिछोड्को रात छलाएर
मन किन नहुँदो हो माया गरी बस्न सँगै
अँगालोमै बसेको क्षण पठाउँछिन सँझाएर
काख रित्तै अँध्यारोमा तस्बिर हेरी रुँदै बस्दा
कति मन दुखाउँदी हुन् जवानीलाई ढलाएर
रामकृष्ण पौडेल “अनयास”
भ.न.पा-१३, कैलाशनगर
