Skip to content

सपनीमा आज आफ्नै मलामीको लाम देखेँ

  • by


सपनीमा आज आफ्नै मलामीको लाम देखेँ
बाहिर मेरो नाम अनि बाँधेको एक खाम देखेँ

कता कस्लाई के हुने हो तिमी नै छौ हे प्रभु
ढाकिएको चितामाथि मेरै लास तमाम देखेँ

केनै बाँकी छ र अब भाग्यले नै ठगेपछि
कालो बादल पूर्वतिर डुब्न ला’को घाम देखेँ

बास बस्ने झुप्रो अनि जीवन काट्ने उनी थिइन्
माला ला’को फ्रेमभित्र फोटो मेरै नाम देखेँ

रामकृष्ण पौडेल “अनयास”
भ.न.पा-१३, कैलाशनगर

Leave a Reply

Your email address will not be published. Required fields are marked *