मेरै विवशताले मलाई आज किन घात हान्यो
चाहानानै टाढिए’सि आफनै मनले एक्लो ठान्यो
निरवस्त्र भै लुटिएसि घात अन्धकारै मिठो
यथार्थ यो जीवनभन्दा काल्पनिकता मिठो छान्यो
बगलीमा छुरा राखी मुखले मेरै नाम जप्दै
मुटु रेट्यौ यो ज्यानले तिम्रो अस्लिन रुप जान्यो
जोवनीको रँग देखाई सन्नटामा किन ढाक्यौ
खाडल खनि पासो राख्यौ त्यै पासाले आज तान्यो
दिनु दियौ चोटहरू विश्वासलाई टुक्राएर
तड्पिएर बाच्नुछैन यत्ति सासले किन धान्यो ।
रामकृष्ण पौडेल –अनयाँस
