एक अंजुली माया दिन्थे जात भिन्ना भिन्नै !
तिमी पर्यौ कुल घरानकी, बात भिन्ना भिन्नै
मेरो हातको चल्ने भए बाँथे आधा गास पनि
बार्न खोज्छिन् चुलो चौको, भात भिन्ना भिन्नै
चुहिने खरको छानो अनि अन्धकार मेरो घरमा
केको निद्रा लाग्थ्यो सुत्ने, खाट भिन्ना भिन्नै
रगत एउटै भए पनि बेग्लै बग्दो रैछ आखिर
धमनि र शिरा हुँदै, साथ भिन्ना भिन्नै
छुँदा सुनपानी छर्छौ चिता कस्ले लान्छ हाम्रो
मर्दा पनि जल्ने पछि, घाट भिन्ना भिन्नै
रामकृष्ण पौडेल “अनयास”