Skip to content

रुने तिम्रो बानी नै हो शंका कति गर्छौ आज


रुने तिम्रो बानी नै हो शंका कति गर्छौ आज
विश्वासलाई घात सम्झी किन आफैं मर्छौ आज

घरिघरि चिहाएर मन मेरो किन चोर्यौ
मायालाई घात सम्झी झुटा आशा छर्छौ आज

उद्देश्य त लिनै पर्छ जिन्दगीको गोरेटोमा
साथ दिंदा पराई ठानी आफैं तल झर्छौ आज

हृदयमा तिम्रै नाम छ तर विश्वास गरिनौ नि
दिल खोले र माया दिदा त्यसै आँखा तर्छौ आज

नजर तिम्रो काँडै काडा त्यस्तै देख्यो मलाई पनि
मेरो जीवन पार्यौ बर्बाद जिम्मेवारमा पार्छौ आज ।

रामकृष्ण पौडेल –अनयाँस

2 thoughts on “रुने तिम्रो बानी नै हो शंका कति गर्छौ आज”

  1. गजल रामकृष्ण पौडेल
    गजल रामकृष्ण पौडेल अनयाँस
    विश्वास गर्थे तिमीलाई झुटा बचन बोल्यौ रोएँ
    अन्तष्कणको आघातमाया आज तिम्ले पोल्यौ रोएँ

    मनै चोर्यौ त्यो नजरले गल्ती मेरै हो कि क्यारे
    के कम सोच्यौ यो मायालाई धनमा माया मोल्यौ रोएँ

    गन्तव्य हिन यात्रा सँगै आज एक्लै हिंडिरा’थें
    संग्लिएका व्यथा मेरा, तिम्ले हानि घोल्यौ रोएँ

    अस्मितामै दाग लाग्यो तिम्लाई जीवन सुम्पिदिदा
    यो ज्यान छोडी अर्कैसँग तिमीले दिल खोल्यौ रोएँ ।

    रामकृष्ण पौडेल –अनयाँस
    K HO SIR SABAL JABAF JASTO 6 NI KINA HO VHANNA VANNI

Leave a Reply

Your email address will not be published. Required fields are marked *