हाम्रो हिन्दु संस्कार र रीतिरिवाजका धनी हामी नेपाली, बिभिन्न धर्म ग्रन्थहरूमा छताछुल्ल गरी पोखिएका हजारौ कथा मध्य यो भाइ टीकाको पनि आफ्नै किसिमको महत्व रहेको छ ।
सत्य युगको कुरा हो पृथ्वीमा बलि नाम गरेका बढो प्रतापी, दानी राजा थिए । उनको भण्डार द्रब्यले सधै भरी पूर्ण भरिएको हुन्थ्यो । जो केही पनि माग्न गए खाली हात फर्काउदैनथे । उनको कीर्ति चारैतिर फैलिएको थियो । उनको यो प्रतापले स्वर्गको इन्द्र नै डगमगायो ।
देवताहरू त्रहिमान हुदै बिष्णु भगवानसित प्रार्थना गर्न थाले ।
त्यस्तो देखी बिष्णु भगवानले कसरी देवताहरूको रक्षा गर्ने भन्ने सोचेर, एक उपाय निकालेर बालक रुप ब्राह्मण भई दानी वीर राजासँग केही पाइला माटो माग्ने उपाए बनाए र एक ब्राह्मणको रूप धारी राजा बलिसित तीन पाउ जमिन माग्न उनले यज्ञ गरी होम गर्न लागेको बेलामा गइ भिक्षा मागे ।
होम यज्ञ गर्न बशेको दानी राजा बलिले एक सुन्दर बालक ब्राह्मणलाई देखि मोहित भएर खुशीले यस्तो होम गर्न लागेको बेलामा आएका ब्राह्मणलाई देखि खुशीले दान दिन भण्डारबाट रुपैया पैसा द्र्यब्य अन्न, बस्त्र सबै लिएर दिन खोज्दा ब्राह्मणले भने मलाई त्यस्तो केही चाहिदैन तर मैले केही माग्छु दिन्छौ भने भन्छु भनेर बचन बद्ध गराए, अनि बलि राजाले भिक्षा आफ्नो दरवार भित्र भएको माग्दा जे मागे पनि दिने बचन ब्राह्मण रूपका बिष्णुलाई दिए ।
राजा बलिले सोचे एक ब्राह्मणले के पो मागी हाल्ला । बिष्णु भगवानले होमगरी राखेको ठाउमा भित्र तीन पाउ जमिन मागे । प्रतापी राजाले अन्तै माग यहामा यज्ञ गर्दै छु दिन मिल्दैन बरु अरु ठाउको एक राज्य दिन्छु भनी भन्दा पनि ब्राहमण रुप बिष्णुले दिए त्यही होम गरेको ठाउको माटो मागेको देऊ न दिए फर्केर जान्छुभन्दा, राजाले वचन हार्न नसकी तीन पाउ जमिन कति नै पो हो र भनी ल पाउ राखभन्दा, ब्राह्मण रुप विष्णुले तीन पाउमध्ये एक पाउ पृथ्वीमा दोस्रो पाउ आकाशमा राख्दा सम्पूर्ण लोक ठाकियो र तेस्रो पाउलाई ठाउ भएन र बलिलाई सोधे यो तेस्रो पाउ म अब कहा राखु ।
बलि राजा बढो समस्यामा परे र भने मलाई छल गरी बिष्णु भगवानले ब्राह्मण रुपमा यो मागेकोमा बचन हार्नु छैन उनी ईश्वरको शरणमा पर्छु भनेर उनकै तेस्रो पाउ आफ्नो शिरमा राख्न भने, जब बिष्णुले पाउ बलिको शिरमा राखे त्यसै वखत बलि भासिएर पातालमा पुगे । बिष्णुबाट आज्ञा भयो बलि अब तिम्रो स्थान पाताल भयो ।
भगवान विष्णुले भन्नु भयो कि तिमीलाई केही माग्नु छ भने भन भन्दा बलिराजाले बिष्णुसग अनुरोध गरे कि बर्षमा एक पटक उनलाई पृथ्वी भ्रमण गर्न दिइयोस । त्यो सुनेर विष्णु भगवानले तथास्तु भनी अन्तरयाम हुनु भयो, त्यसैले उनी हरेक एक बर्षमा पृथ्वी आउने गर्दछन भन्दै उनको जनताले खुशीयाली मानी घर वरिपरि झिलिमिली उज्यालो गरी गुन्जायमान गर्दै गीत गाउन थाले ।
ए भन मेरा भाइ हो, देउसी रे
ए राम्ररी भन, देउसी रे
ए स्वर मिलाई कन, देउसी रे
ए हेला नगरी, देउसी रे
ए आशिष दिऊ, देउसी रे
ए बिगतका दिन, देउसी रे
ए नसम्झी किन, देउसी रे
ए हाम्रो यो चाड, देउसी रे
ए खुशी भै मनाऊ, देउसी रे
यस्तै यस्तै देउसी खेल्दै घर घरमा आशिष दिन र आफूभन्दा ठुलाको आशिष थाप्ने चलन आज पनिरहेको छ । राम राजाले चौध बर्षको बनवास सकेर अयोध्या फर्कदाको खुशीमा पनि सम्पुर्ण अयोध्याबासीले घर आगन बाहिर भित्र झिलिमिली पारेका र जय जयकारको गुन्जायमान गरेका हुनाले यो खुशी मनाउदै आएको भन्ने भनाइ धर्म ग्रन्थहरूमा पढन पाइन्छ ।
निशा खनाल अर्याल
हाल इजरायल