जाडोको मौसम छ, आफ्नो घर बाहिरको बरन्डाको एक छेउमा घाम लागेको ठाउ पट्टि बसेर दिल परियार लुगा सिउन ब्यस्त छन ।
घरभित्रको झ्यालबाट छोरा सन्तोषले टाउको अलिकति निकाल्दै चिच्याउदै भन्यो, “बुवा बुवा । मलाई अति नै जाडो लाग्छ मेरो लागि पनि एउटा कोट सिलाइदिनु न ।”
दिल परियारले उत्तर दियो, “छोरा ! अहिले घाम लागेको छ । जाऊ, एक छिन गएर बाहिर घाममा खेल बाबु । आज फुर्सद भयो भने म सिलाइदिउँला ।”
जाडोले कठ्याङग्रिएर थर थर काप्दै हातहरू मुट्ठी पार्दै बाबुको छेउमा एक छिन आएर सन्तोष बस्यो र फेरि भन्यो, “बुवा आज जसरी भए पनि कोट सिलाइदिनु नि ।”
“कत्ति जाडो बढेको छ हिजो आज !” भन्दै छोरा सन्तोष बाहिर खेल्नलाई निस्कियो ।
दिल परियार त्यो बेला कपडा सिउन आउने २,३ जना नया ग्राहकसँग कुरा गर्न ब्यस्त भएकोले छोराको कुनै प्रति उत्तर दिएन । भोलिपल्ट बिहानै छोरा सन्तोषकी आमाले सोधिन – “सन्तोषको बाबा ! छोराले कति दिनदेखि जाडोमा काँप्तै कठ्यान्रिएर रुँदै बस्छ । बिचरालाई कत्ति जाडो भएको होला ! आगो बालेको चुलो निर पनि कापिरहेको हुन्छ । तर तिमीलाई भने छोराको लागि एउटा कोट सिलाइदिने फुर्सत छैन ? बरु कपडा गएर ल्याइदिनु भए म बसेर भए पनि सिलाइदिने थिए ।”
दिल परियारले बुझाउने कोशिष गर्यो, “तैले भनिस ठिकै हो । तर तँ नै भन्न त म कहिले सिऊ, कति खेर सिऊ ? जाडो शुरु भएकोले गर्दा दिनरात ग्राहकले ताकेता गर्छन । मैले उनीहरूको त कपडा सिएर भ्याएको छैन, त्यो तैले देखेकी छैनस र ? म पनि दिनरात यो पातलो च्यातिएको कपडा मै नाङ्गो बसिरहेको छु । किन र मलाई चाहि जाडो लाग्दैन । मेरो शरीरमा के रुघा, खोकी ज्वरो आउदैन र ? मलाई फुर्सद भए न बजार गएर कपडा किनेर ल्याइदिऊ ! तै भन्न म के गरु ? बरु कसैलाई भनेर कपडा मँगा न ।”
यस्तो कुरा सुनेर सन्तोषकी आमाले भनी, “यहाँ यति धेरै ग्राहकहरू आउँछन । उनीहरूमध्ये कसैलाई भन्नु नि कपडा किनेर ल्याइदिनु भनेर ।”
ऊ फत्फताउँदै घरभित्र पसी ।
सन्तोषको बाबुले भन्यो, “कपडा कसैले किनेर पनि ल्याइदिए रे । तर पनि के हुन्छ ? अहिले मेरो एक छिन पनि हात खाली छैन । ग्राहकहरूको यतिका कपडाहरू यहाँ सिउन बाँकी फालिएको छ, तैले र मैले दुबै जनाले मिलेर लगातार केही दिनसम्म बसेर दिनरात गरी सिलायौ भने मात्र केही हलुका होला । फेरि बिचमै जाडो बढेर अरु ग्राहकको कपडाहरू आयो भने त्यै पनि फुर्सद हुदैन ।”
शंकी हुदै सन्तोषकी आमाले बोलिन, “तिम्रो काम त कहिले नै सकिदैन । अरुकै कपडा सिउदै जाडो नै सकिन्छ होला । तर भगवानले नगरुन कहीं यस्तो क्ठ्याङ्ग्रिएको जाडोले छोरा वा तिमीलाई काम ज्वरो आयो भने, निमोनिया भयो भने । अनि त्यो बेला के होला त मेरो गति ?”
सन्तोषकी आमा आँखाबाट आशु बरर झारिरहिन् । सन्तोषको बाबुले टुलुटुलु हेरिरहे, मात्र हेरिरहे। सन्तोष अवाक भएर दुवैको अनुहारतिर हेरिरह्यो, हेरिरह्यो ।

hy
निशाजीसँग एक पटक इमेलमै भए पनि भाषिक सम्बन्धमा कुरा गर्न मन थियो ।
सुधारको अपेक्षा छ
विषय बडो सारपूर्र्ण छ तर यसको प्रस्तुतीमा केही कमी देखियो । लेखाइमा चतुरताको खाँचो र भाषामा कसरमसर हटाउनु पर्ने सुझाव छ ।
अनि मलाइ हजुरका हजुर भनेर नभन्नुहोला । दाजु भने भइहाल्छ । मेरो पहिलो किस्ता कथा पढेको हो भने त्यो कस्तो लाग्यो प्रतिक्रिया पाउँ है बहिनी ।
सुझाब को लागी धन्यबाद
नमस्कार, कमेन्ट गरेर सुझाब दिन चाहनु भएको मा हार्दिक धन्यबाद, कमि कमजोरीलाई औलाई साहित्य लेख्नमा सिक्ने अबशर दिने कमै मात्रामा पाइन्छ खुशी लागेको छ ,!