Skip to content


प्रकृतिको शृष्टि भित्र पर्वतको शीर,
त्यसै मुनि कल् कल् झर्ना हराउने पीर
अन्जुलिमा भरी भरी मेटिदिएँ प्यास
जीवन हो संलो पानी भरी दिने आश ।

छाँगा मिली खोल्सो भयो अँझै बढे खोला
डाडा काडा गीत जस्तै त्यही ध्वनि होला
त्यस्तै खोला दोभानले नदी वने जस्तै
वस्ति बढ्दै किनाराको कर्म गति लेला,

हावासँगै आकाशमा उड्नै मन लाग्दा
हिमालको श्रेणी जस्तै वादलुमा भाग्दा
नाना थरी रुप भित्र दंग परे पस्तै
वायुसरी चल्ने मन वायुयान जस्तै ।

पहाडमा क्षितिजको रुप बने जस्तो
भाग्य हुन्छ कर्म दिने भ्रान्ति हो कि कस्तो?
वर्सातमा झ्उकिरी को उस्ले बुझ्ने भाषा
झर्को लाग्ने शून्य प्राप्ति वैलिएका आश,!

अन्जुलिमा भरी भरी मेटिदिएँ प्यास
जीवन हो संलो पानी भरी दिने आश ।

निशा खनाल अर्याल

2 thoughts on “आश”

  1. बहिनीकाे यस अघिको कवितामा
    बहिनीकाे यस अघिको कवितामा मैले गरेको टिप्पणी सायद रुचिकरलागेन छ क्यारे । कुनै रेस्पाेन्स नै भएन । कि अरु कुनै कारण थिए । यस कवितालाई पनि अघिल्लालाइ झै‌ परिशोध गरिदिउँ कि ।अनुमति पाए गर्ने थिएँ ।

  2. होम सुबेदी ,दादा
    होम सुबेदी ,
    दादा नमस्कार,

    मैले हजुरको हरेक कम्नेट को उत्तर दिएकी छु नि ,खै त्यहा देखिदैन र ? हजुर हरुको सुझाब नै मेरो यैना हो मन नपर्ने त् कुरै भएँन नि दादा ,हजुरलाई धेरै धेरै धन्यबाद मेरो हरेक कमि कमजोरी लाइ औलाई दिनु भएकोमा ,

    (निशाजीबाट फेसबुकामार्फत प्राप्त)

    Jul 27th, 10:23 am

Leave a Reply

Your email address will not be published. Required fields are marked *