Skip to content

मलाई तिनै रोशनीले भुलाए


न तातो कुनै रापको ताप छैन
न चिसो कुनै शीत संकेत छैन
चिसो शिर्शिरे ठाउँमा घाम लागे
मलाई तिनै रोशनीले भुलाए

न ता नीर गाढा न राता न काला
गुलाबी पहेला न निख्खुर सेता
सदा सप्तरंगी सबै फ़ुल आए
मलाई तिनै रोशनीले भुलाए

न चम्च म गरी चक्षूको ज्योति हर्ने
नता रंगका पुन्ज थुप्रै फिजार्ने
न ता धिपधिपे बत्ती भित्रै बिलाए
मलाई तिनै रोशनीले भुलाए

कविता बनी गुन्गुनाइरहेका
वितृष्णा उढाएर तृष्णा तृष्णा भरेका
ती आभा बनी छंग देखिन आए
मलाई तिनै रोशनीले भुलाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *