देशमा दिनानु दिन बढ्दै गएको आंतक र भ्रष्टाचारीहरूको अन्त कहिले हुन्छ खै ? बिराट स्कुलका एकाउन्टेन्ट दिपेशजी लेखापढी काममा थकित, कुर्शीमा बसेर टाउकोमा हात लगाउदै पसिनै पसिनामा भिजेको अवस्थामा एकहोरो सोचमा डुबेका थिए ।
अचानक त्यहाँ आफ्नै स्कुलका “शिव नारायण” नाम गरेका हेडमास्टरले एकाउटेण्ड दिपेशजी निर आएर सोधे, “हैन कहाँ र के सोचमा डुब्नु भएको हो दिपेशजी ?”
“हेनुस न मैले पनि देशको बिग्रिदो अवस्था महगी नियन्त्रण अनि जनताको नाजुक स्थिति बाटोघाटो दिनानु दिन बिग्रिदा आफ्नै स्कुलको बसहरू चलाउदा ड्राइभरहरूले सधै किचकिच गर्छन तलब बढाई दिनु पर्यो भनेर । यस्तो देखेर भ्रष्टाचारी आतंकवादी बिरुद्ध आन्दोलनमा भाग लिने फैसला गरेको छु मैले पनि ।”
“तपाईले गएर हाम्रो स्कुलमा हुनु भएका सम्पूर्ण शिक्षकहरूलाई र्यालीमा ल्याउनका लागि तयार गर्नुस र स्कुल भित्रका सबै विद्यार्थीहरूलाई पनि देश भित्र ब्यापक रुपमा भएको यो भ्रष्टाचार रोक्ने सम्बन्धमा बिशेष गरी क्लासका टिचरहरूले शिक्षा दिन लगाउनु उनीहरूलाई यो र्यालीमा आउन उत्तेजित गराउदै व्यस्था गर्न भन्नु होस् । म चाहन्छु कि यो र्यालीमा मोरो नामको साथै हाम्रो बिद्यालय स्कुलको पनि नाम चर्चामा आओस् ।”
एकाउटेण्ड दिपेशजीले भने, “सर हजुरले भन्नु भएको कुरा ठिकै हो म नकार्न सक्दिन ।, एकपल्ट राम्ररी सोच्नुहोस् । यही आन्दोलनका कुराले हाम्रो सबै स्कुलको शिक्षकहरू एकबद्ध भएर जगरूप होलान रे । हजुरले जति धेरै पैसा दिने ब्यबस्था गरी रसिदमा हस्ताक्षर गर्नुहुन्छ, त्यसको चौगुणा भुक्तानी त मिल्ला । त्यो बेला ती हाम्रा टिचरहरू पनि सबै चाहन्छन । कि कम्तिमा पहिला नै उनीहरूलाई दिने व्यवस्था भएको रकममा आधा रकम पैला नै प्राप्त होस् ।”
“हेर्नुस सर, हिजोआज सबै हाम्रा स्कुलका विद्यार्थीहरूका अविभावक आमा, बाबाले पनि स्कुलको फिस दिनानु दिन बढ्दै गएको छ भनेर गुनासो पोखिरहेका छन् । त्यसमा पनि हरेक किसिमका फन्ड खेलकुद, मेडिसिन, भिजिट, संस्कृति कार्यक्रम, तथा अन्य धेरै क्रियाकलापको बहानामा चन्दा तिर्नु पर्ने भएकोले फिस बुझाउन आउदा अति नै रिसाउने गर्दछन । त्यसैले सर हाम्रो स्कुलको यस्तो ताल भएको र हजुरले नै स्वयं यस किसिमको बिरोध गर्नु अति नै राम्रो कुरा हो । तर आफ्नो विद्यालयको सकृयतामा चाहि विचार नगर्नु नि ? हुन सक्छ यस्तो किसिमको प्रचारले हजुर कै बिरोधको कारण नबोनोस् फेरि ?”
राता राता अनुहार गर्दै रिसले चुर भएर स्कुलका हेडमास्टर कराए, “ए, दिपेशजी तपाईले के भन्न खोज्नु भएको हो ? के मैले जे गर्न खोज्दै छु त्यो भ्रष्टाचार हो ? त्यस्तो कदापि हैन बुझ्नु भो ।”
“यो स्कुल त, मैले आफ्नो लगानी गरेर खोलेको नीजि स्कुल हो । मैले त केवल देशद्रोही आतंक, सरकारी भ्रष्टाचारीहरू को पो त बिरोध गर्ने कुरा गर्दै छु ।”
दिपेशजीले भने, “हो ठिक भन्नु भयो सर । कहिलेकाही हाम्रो स्कुलको फन्डमा पनि सहयोग स्वरूप अन्य शिर्षकमा कुनै महिनामा सरकारी पैसा आउने गरेको छ नि ?”
हेडमास्टरले भने, “यो त मेरो नीजि स्कुल र नीजि कारण हो । किन होला मलाई यस्तो लाग्दै छ कि तपाईले देशद्रोही, आतंककारी सरकारी भ्रष्टाचारीलाई रोक लगाउन छाडेर त्यसको आडमा तपाईले मसँग नै यो स्कुलको पोल खुल्न चाहनु भए झैँ पो लाग्दैछ त ? यदि तपाईंले मैले दिएको आदेश मान्नु हैन भने यो स्कुल छाड्न तयार हुनुहोस् ।”
दिपेशजीले भने, “मलाई हजुरले दिनु भएको आदेश मान्न कुनै किसिमको गाह्रो भएकोले हैन । तर अलि कता सोच्नुस त सर । हाम्रो स्कुलमा हुन् सक्ला अहिले अध्ययन गर्दै आएका विद्यार्थीका अभिवाभक आमा, बाबाले आफूले पढन पठाएको सन्तानलाई स्कुलको नै टिचरहरूले पढन छाडेर राजनीति गर्न देशमा भएको आंतक, सरकारी भ्रष्टाचारी बिरोध र्यालीमा जनलाई उकासेको झोकमा रिसले यो स्कुललाई तिरस्कार गर्न रिसाउदै आए भने नि? पढाई राम्रो भएँन भनेर अर्कै स्कुलमा सार्न लागे भने ? सर हजुरलाई त थाहा नै छ यति महगो फिस बुझाएर स्कुलको हरेक मागलाई पुरा गर्दै खाइ नखाई आफ्ना सन्तानलाई एउटा राम्रो शिक्षा दिनको लागि पठाएका हरेक आमा बुवाको चाहना, इच्छा हुन्छ कि आफ्नो सन्तान धेरै पढेर राम्रो अध्ययन हासिल गरी ठुला इन्जिनियर, डाक्टर, वकिल, हाकिम, तथा मान्य ठुला पधिकारी हुन भन्ने सपना सजायर नै आफ्ना हरेक चाहना मारेर पढ्न पठाएका हुन्छन । हजुरले गर्नु खोज्नु भएको यस्तो प्रयासमा सबै विद्यार्थीका अभिवाभकले सकारत्मक सोच राखे भने त ठिकै छ । मलाई त लाग्दैन कि यस्तो दुख गरी पढाउने आमा बाबाले आफ्नो सन्तान एउटा साधारण नोकरीमा जीवन निर्वाह गर्न आफूले झैँ कष्टमय जीवन बेतित गरुन । देशका सबै अभिवाभकको इच्छा, चाहना छ देशमा शान्ति होस्, आतंकको अन्त होस्, देश बनोश, भ्रष्टाचारी खतम होस्, सबै नेपाली जनताले रोजगार आफ्नै देशमा पाउन, पसिनाले देशको माटो भिजोश, देशमा आफ्ना सन्तान जहिले पनि इमान्दारी र असल ब्यक्ति भनेर चिनून, त्यसैले सर यहा मलाई लाग्छ कसैले पनि नराम्रो चाहदैन ।”
“हेर्नुस सर हजुरले समेट्न खोज्नु भएको र भ्रस्टाचार बिरोधका लागि सबै विद्यार्थीहरूललाई आफ्नो स्कुलमाबाट राजनीति र्यालीमा लाग्न चाहँदा, अब यो स्कुलमा आफ्ना बच्चाको भविष्य छैन राम्रो पढाई छैन मात्र राजनीति हुने भयो भन्ने सोचेर रिसाएर सबैले यहाबाट आफ्ना छोराछोरीलाई अरु नै स्कुल सारे भने । यति धेरै नाम चलेको यो स्कुलको प्रतिष्ठाले, हजुरको नाम इज्जत, बदनाम भयो भने नि ?”
हेडमास्टर एक छिन मौन रहे र शान्त भावले बोले, “ल भन्नु के तपाई चाहनुहुन्छ त ? म त्यो र्यालीमा जादै नजाऊ त ?”
दिपेशजीले भने, “हैन मैले हजुर नजानु कहाँ भनेको छु र ? हजुर अबश्य नै यहा जानुस् । तर म यो स्कुलको हेडमास्टर हो, यो नामको स्कुल मेरो हो, भनेर चाहि आफ्नो परिचय नदिनु होला नि । आफूले बोल्दा बुलन्द आवाजमा यो देशमा बितिरहेका, घट्दै गएका, दिनानुदिन बिग्रदै गएको देशको अवस्था, देशमा इमान्दारीको नेता, सरकारी अफिसरहरूको खाचो, आतंककारीको अन्त, सरकारी भ्रस्टाचारी को बिरोध गर्दै त्यसको अन्त हुनु पर्छ भनेर बोल्नु । तर आफ्फो त्यस्तो राजनीति कुराबाट स्कुललाई चाहि टाडा नै राख्नु, कुनै पनि ठाउमा स्कुलको नाम समाबेश नगर्नु ।”
यस्ता मिठो र बुलन्द आवाज सुनेर आफ्नो स्कुलको एकाउटेण्ड दिपेशजीको इमान्दारीप्रति अति नै खुशी भए स्कुलका हेडमास्टर । उसलाई दिपेशजी कुरा अति नै चित्त बुझेर आयो । यस्ता किसिमका सल्लाह पाएका हेडमास्टर त्यहाबाट प्रफुल्ल हुदै निस्केर गए ।
दिपेशजी कोठाबाट बाहिर निस्किदा अर्को कोठामा बसेर दुई बिचमा भएको कुरा सुनिरहेका नेपाली टिचर रबिजीले भने, “दिपेशजी मलाई अति नै तपाई प्रति इज्जत गर्न मन लाग्यो, कि यस किसिमको राजनीति र्यालीमा जानबाट साथै यस्ता किसिमका कुरालाई उकास्नबाट हामी सबै स्कुलका टिचरलाई बच्नु भयो । जे भन्नु भयो एकदमै ठिक भन्नु भयो, म त अति नै खुशी छु । तपाईंको यस्तो एक्लो प्रयासले यो काम रोक्नु भयो । बेकारमा हामीले नचाहेरै पनि यस्ता किसिमका राजनीतिमा समाबेश हुनु पर्थ्यो, अनि हाम्रो भागमा बढाउनुको साथै सबैका बिद्यार्थीका अभिवाभकले र्यालीको बारेमा सोधेको खण्डमा धेरै उत्तर दिनु पर्ने अनेकौ किसिमका जिम्मेवारी बढेर आउने थियो । न त्यसबाट कुनै फाइदा नै हुने थियो, बिना मत्थामा टाउकोमा परेशानी मात्र ।”
दिपेशजीले भने, “हेडमास्टरले सधै प्राय हरेक बर्ष स्कुलमा फिस बढाउने, विभिन्न किसिमका चन्दा असुल गर्ने गर्दछन । तर हामी स्कुलमा दिन रात नभनी काम गर्नेको महिनाको तलबभन्दा बाहेक के नै छ र ? तर हिसाब किताब राख्नु, सबैलाई चित्त बुझाउनु, पढ़ाउदा विद्यार्थीहरूको मन बुझाउनु, यता गर्नु उता गर्नु, कति जिम्मेवारी छ मेरो टाउकोमा !”
नेपाली टिचर रबिजीले भने, “भुन्नुस त सर कसरी तपाईंको दिमागमा एकाएक यस्तो कुरा भन्न आयो त ?”
एकाउन्टेण्ड दिपेशजीले भने, “जब हामीले आफ्ना आवश्यकता पुरा गर्न सक्दैनौ त्यस्तो बेला इमान्दारी कुरा गर्न खोज्यौ भने जहर झैँ लाग्छ उनीहरूलाई । त्यसै पनि काम नपाएर फोकटमा राजनीति भ्रष्टाचारको बिरोद्ध गर्दै हिड्न पनि त सजिलो छैन नि ? झन् भन्नु पर्दा मलाई यस्तो अनावश्यक क्रिया कालाप गर्दै हिडेको मन पनि पर्दैन ।खास गरी यस्ता खालका आन्दोलन चलाउने, मानिसमा बिकृति फैलाउने मानिस स्वयं नै आफैले आफ्नो स्कुलमा भ्रस्टाचार गरी डाका झैँ विभिन्न खालका शिर्षकमा चन्दा असुल गर्ने गरिरहेका हुन्छन । ल हामीलाई पनि यदि कसैले अलि राम्रो पैसा दिउन त आन्दोलनमा हिड भनेर, हामी पनि पैसा पायौ भने एक पल्ट त के हरेक चोटी त्यस्ता आन्दोलनमा जानेछौ, तर अर्काले आफ्नो स्वार्थको लागि फोकटमा र्यालीमा हिड भन्ने बितिक्कै आफ्नो हात खुट्टा भाचाउँन, या अनावश्यक भाषण दिन झन् को जओस् । त्यो काम त्यति सजिलो छैन, झनै हामीले त यो स्कुलमा यति धेरै रातदिन मेहनत गर्दा पनि टाइममा आफ्नो तलबसम्म चित्त बुझ्ने पाएका हुदैनौ । ल भन्नुस त रबिजी मैले के नराम्रो गरे त ?”
निशा खनाल अर्याल
हाल इजरायल

nice
so nice heart touching
हाय
बहिनीको भाषामा अब निकै सुधार भएछ । त्यसका लागि धन्यवाद । तर सुधार गर्न धेरै नै बाँकी रहेछ । पढ्न र लेख्न लाज मान्नु हु्न्न उमेरले छेक्तैन ।
comment ko lagii dhanybad
tyti mitho comment garer sujhab dinu hunch sarai khushi lagchh,hjurko kathaharu padher pni prena paaune gardchhu,dherai dherai dhanybad ,hjur mero face book ma add hunu hunch ki?
comment ko lagii dhanybad
tyti mitho comment garer sujhab dinu hunch sarai khushi lagchh,hjurko kathaharu padher pni prena paaune gardchhu,dherai dherai dhanybad ,hjur mero face book ma add hunu hunch ki?