त्यसै त्यसै व्यस्तताले हो वा,
मेरा अनेकौ बाध्यताले,
दिन दिन आफूलाई,
उनीहरूको सेवामा लिन,
आफ्नो भने हासो हुरीले उडाए झैँ,
खै कहाँ हरायो कहाँ,
हेर्दा हेर्दै आफूलाई,
देख्छु अनुहारमा मुजा परेको,
आखिर उमेर पनि त बितेको छैन,
तर पनि खै ! म बुढो भएछु !
भन्छन बुडा पाखाले सुनेको थिए,
चाहिन्न उमेर बुढो र रोगी हुन्,
अनुहारको चमक उडनलाई त,
मात्र पारिबारिक कलह र,
मेन्टल टेन्सन दिए पुग्छ,
आफ्नो माया गर्ने श्रीमान्बाट,
अबहेलना भए पुग्छ,
खान त मागेर भएनि,
कुकुरले दश घर चाहर्छ,
चराचुरुन्गीले पनि त खाकै हुन्छन, ,
दस दुनिया डुल्दै आफ्नो खुशी,
हो उनीहरू आफू स्वतन्त्रतामा हुन्छन,
कसैको बन्देजमा बस्दैनन,
सायद त्यसैले होला,
उनीहरू कहिल्यै बुडो देखिदैनन् !
म किन कहिल्यै खुशी हुन् सकिन,
सायद बाध्यता नै त्यस्तो होला,
एकातिर कामको चपेटा, अर्कोतिर,
मन भित्रको पीडा, कति सहनु,
कहाँबाट ल्याउनु त्यो धैर्यता,
भो अब छैन मसँग त्यो तागत,
मलाई जीवनदेखि नै,
वाक्क र धिकार लाग्न थालेछ,
कति रुनु आफ्नोलाई सम्झेर,
खुशी पाउछु कि भन्ने प्रतिक्षामा,
कुर्दा कुर्दै एनामा अनुहार हेर्न पुग्छु,
सबैतिर चाउरी परेको देख्छु,
आँखाबाट आशुको धारा,
सम्झन्छु जवानी त्यसै आज,
बुडो हुन् बाध्य भएछ, !

सुन्दर कविता तर
सुन्दर कविता तर निराशावादी…… जीवनको बास्तबिकता र मनको थकान देखियो कवितामा……