Skip to content


क्षितीजको चेतना शुन्दर सृष्टि,
दुर्गम कठोर चट्टानमा उम्रिएको पिपल,
मौलाउदै झागिदै विशाल वृक्ष जस्तो ।

नदीका अन्तसम्म लम्वने किनाराहरु,
विषम भौगोलिक वनावट विरुद्धमा,
अविरल कटानले सुगम राजमार्ग बन्दै जस्तो ।

विपरित गन्तव्यका यात्रिको सङ्गम,
सरस पोखिदै इतिहास यात्रा विवरण,
चीसो लेखको ठंडिमा एकरात गुजारे जस्तो ।

जीवन भित्रको शुख दुख मीश्रित चौतारी,
इन्द्रीय प्रभाव, मिलन, विछोड, विकार,
द्रविभूत भावना, ब्रह्मग्यानमा खरानि भए जस्तै ।

क्षितीज, प्रकृति पुरुषको स्वभाविक सङ्गम,
हजारौं श्रिष्टिको निरन्तर शत्ता भित्र,
पूर्वज झै क्षणभङ्गुर जिन्दगि जस्तै ।

विक्षिप्त त्रिष्णामा घेरिएको क्लान्त ह्रदय,
इतिहास भित्र वांच्ने रहर, सन्तानको चिन्ता,
मालिको प्राक्रितिक विरुवा मोह जस्तै ।

कल कल झरना झै शुन्दर कविता,
पंक्षीको स्वभविक चिरविर, तरंगहरु,
विपरित ध्रुवको प्रेरणा,नदीको दोभान जस्तो

निशा खनाल अर्याल
इजरायल

2 thoughts on “क्षितिज चेतना”

  1. क्षितिजको चेतना सुन्दर
    क्षितिजको चेतना सुन्दर सृष्टि,
    दुर्गम कठोर चट्टानमा उम्रिएको पिपल,
    मौलाउँदै झाँगिदै विशाल वृक्ष जस्तो ।

    नदीका अन्तसम्म लम्बिने किनाराहरु,
    विषम भौगोलिक बनावट विरुद्धमा,
    अविरल कटानले सुगम राजमार्ग बन्दै छ जस्तो ।

    विपरीत गन्तव्यका यात्रीको सङ्गम,
    सरस पोखिदै इतिहास यात्रा विवरण,
    चीसो लेकको ठंडीमा एकरात गुजारे जस्तो ।

    जीवन भित्रको सुख दुख मिश्रित चौतारी,
    इन्द्रिय प्रभाव, मिलन, विछोड, विकार,
    द्रविभूत भावना, ब्रह्मज्ञानमा खरानी भए जस्तै ।

    क्षितिज, प्रकृति पुरुषको स्वाभाविक सङ्गम,
    हजारौं सृष्टिका निरन्तर सत्ता भित्र,
    पूर्वज झै क्षणभङ्गुर जिन्दगी जस्तै ।

    विक्षिप्त तृष्णामा घेरिएको क्लान्त ह्रदय,
    इतिहास भित्र बाँच्ने रहर, सन्तानको चिन्ता,
    मालिको प्राकृतिक बिरुवा मोह जस्तै ।

    कलकल झरना झै सुन्दर कविता,
    पंक्षीको स्वाभविक चिरवबर, तरंगहरु,
    विपरीत ध्रुवको प्रेरणा, नदीको दोभान जस्तो

    नानी निशा मैले तिम्रो कविता सफा गरेर कमेनका रुपमा पाेष्ट गरेको छु । तर यो ता पद्य कविता ता भएन त राजा ।

  2. सातदस दिन पनि अाफ्नाे
    सातदस दिन पनि अाफ्नाे कवितामाथि भएकाे टीप्पणी नहेरी केमा व्यस्त नानी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *