आफ्नो दाजुभाइबाट आफ्नो बचेखुचेको जग्गा अंश भागवण्डा गरेर छुट्टिएपछि बिचरासँग एक कौडी पैसा पनि बचेको थिएन । उसले आफूसँग भएको खेतको माटोको इँटा बनाएर र त्यही माटोको लेप बनाएर उसले पहिले घर बनाएको थियो । तर त्यो घर अहिले निकै थोत्रो भइसक्यो ।
उक्त घर बनाउँदादेखि नै भत्काउनुपर्छ र त्यसको ठाउँमा अर्को घर बनाऊ भनेर सल्लाह दिने जोसुकै देखि उसलाई उत्पात रिस उठ्थ्यो ।
एकदिन झरीले उसको घरभित्रका कपडाहरू सबै थलथली बनाएपछि ऊसँग केही पैसा नभएपनि उसले घर बनाउनै पर्ने भयो र मन नमानी नमानीकन घर एक्लैले बनाउन थाल्यो । किनकि उसँग पैसा जो थिएन । त्यस्तै आफूले मेहेनत गरेर तयार पारेको सिर्जना मार्न ऊ चाहन्थ्यो ।
उसको थोत्रो घर बनाउन अगाडि, उसले ऊ जस्तै मोटोघाटो घर बनाउन चाहन्थ्यो र उसले घर बनाइसकेपछि घर पहिलेको ऊ जस्तो भयो र ऊ पहिलेको घर जस्तो भयो ।
बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाण्डौं
bijusubedi@gmail.com
www.bijusubedibijay.blogspot.com
