मितिः– २०७० जेष्ठ २७ गते सोमबार बिहान ४ बजे
प्यारो साथी !
अविरल सम्झना
प्यारो साथी ! मलाई तिम्रो सम्झना आइरहन्छ । तिमी साँच्चिक्कै मेरो साथी बनेर उभिरहेका छौ मेरो निम्ति । तिमीलाई भेट्न त सकिएको छैन तर एकपटक भेट्ने मौका आएर पनि मैले भेट्ने मौका गुमाइसकेँ । फेरि भेट्ने मौकाको प्रतिक्षामा छु । हुन त तिम्रा कुराहरू सबै मलाई मन पर्दैनन् तर पनि मलाई सबभन्दा मनपर्ने मित्र तिमी भएका छौ ।
तिमी र मेरो फरक भाव र सन्देश बोकेको गद्य कविताबाट सुरु गरेर छन्दबाट पनि मात्रा छन्दमा मेरो भाव तथा सन्देश, कविताबाट ल्याउने लक्ष्य र तिम्रा एकै पटक सन्देश र भाव नआउने गजलबाट सुरुवात गरेर भाव ल्याउने र छन्दबाट पनि मात्रात्मक छन्दसम्म पनि तिमीले भाव र सन्देश ल्याउने लक्ष्य जत्तिक्कै छ । भत्र खोजेको कुरा बाटाहरू फरक–फरक छन् तर गन्तब्य भने एउटै ।
तिम्रो संस्कार र मेरो संस्कार पनि नितान्त फरक छ । तिमीले पहिले जुन काम गर्थ्योै, गर्दै आएका थियौ ती पुराना मक्किएका संस्कारको छाप तिमील मेटाउनु जरुरी छ भत्रे मलाई लाग्दछ । तिमी पनि धेरै कडा अनुशासनमा हुर्केको व्यक्ति म पनि धेरै कडा अनुशासनमा हुर्केको व्यक्ति । एकपटक थाहा छ साथी ! मैले दश कक्षाको गणितमा ९९दशमलव ९ प्रतिशत नंबर ल्याएको थिएँ । तर गणितको कक्षा शिक्षकले स्कूलको उहाँका कोठामा बोलाउनु भएर मलाई गाली गर्नु भयो र भत्रुभयो कि “तिमीले १००मा १०० किन ल्याइनौ ? तिमी किन यहाँ प्रफुल्लित भएर आयौ ? तिमीलाई मैले स्याबासीको साथमा १००मा १०० ल्याउन पनि आदेश दिन्छु । ” उहाँ गणित शिक्षकको कडा अनुशासन सिकाइको कडा अनुशासनले मलाई जिन्दगीभर सफलताको सिँढीमा चढ्न हौस्याइरहेको छ र रहनेछ र यसले नै मैले अहिलेसम्म सफलताको उचाइमा पुगेको छु, पुगिरहनेछु सबै उहाँ कै देन हो साथी !
साथी ! मलाई तिम्रा सल्लाहहरू पनि मन पर्दैनन् । मैले काम बिगार्दा पनि कहिलेकाहीँ तिमीले स्याबासी दिँदा मलाई साह्रै रिस उठ्ने गर्छ । त्यो बेला म एकदम रिसाउने गर्छु र गरिरहनेछु । साथी ! तिम्रो याद मलाई हरपल आइरहन्छ । मैले तिमीलाई मेरी प्रेमिकालाईभन्दा पनि धेरै मन पराउँछु । त्यसैले मेरी प्रेमिकाले थाहानपाइकन यो पत्र तिमीलाई लेखिरहेको छु । सायद अहिलेसम्म मैले मेरा पच्चीस प्रतिशत कुराहरू तिमीसँग बाँडिसकेको छु । भेटमा मेरो सयप्रतिशत कुराहरू बाँड्ने प्रतिक्षामा छु । मलाई लाग्छ साथी ! हामी भगवानले बनाउनु भएको एउटै वृक्षका पातहरू हौं । हाम्रा पातका रेखाहरू भित्र छन्, आकारमा हामी मानिस छौं, तर हामी वसन्तमा हरीयो भएर टिलिक्क टल्केपछि निभ्न लागेको दियोले अन्तिममा धेरै उज्यालो देखाएर फेरि पात झछौं सुख्खा भएर ।
तर थाहा छ साथी ! यतिबेला म आँखामा भल बगाउँदै यो पत्र कोरिरहेको छु । कापीका पानाहरू भिजिएका छन् । यो तिम्रै प्रेमबाट निस्किएको हो साथी । तर थाहा छ साथी ! मैले तिमी जस्तो जुन कुरा पनि मेरा भावनाहरूलाई मनन गरिदिने साथी पहिल्यै भेट्टाएको भए हामी दुबै जनाले यो समाजलाई अँझ परिवर्तन गरेर सुन्दर बनाउन सक्थ्यौं । हाम्रो नेपाली साहित्यलाई पनि विश्व स्तरको बनाउन सक्ने थियौं । जति जति साहित्यभित्र छिर्दै गएँ त्यसका कमी कमजोरीहरू देखेर म अत्यन्तै चिन्तित छु साथी ! । नेपालमा अत्यन्तै राम्रा भनिएका साहित्यिक पुस्तकहरू पनि थोरै अध्ययन गरेँ तर हाम्रो साहित्यले फड्को मार्न बाँकिरहेछ साथी !
त्यस्तो लेखौं साथी ! बीर रसको लेख्दा अक्षर बलोस् करुण रसको लेख्दा अक्षरबाट आँसु बगोस् । नेपाली साहित्यका त पुस्तकहरू धेरै छन् तर आउन बाँकी छन् जस्तो लाग्छ साथी !, लेख्नेले लेखेर पनि प्रकाशनमा आएका छैनन् कि जस्तो लाग्छ साथी ! । हाम्रो देशमा पूरै वाकस्वतन्त्रता आइसकेपनि साहित्य पूरै वाक स्वतन्त्रतालाई अङ्गालेर आएको अवस्था छैन साथी ! साहित्यमा पनि पुरानै संस्कारहरू बाँकी छन् । त्यसैले नेपाली साहित्यको स्थिति खस्किएको अवस्था छ साथी ! त्यसैले नेपाली साहित्यको स्थिति खस्किएको अवस्था छ साथी !
साहित्यमा लागेका साथीहरूप्रति समर्पित
बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाण्डौं
bijusubedi@gmail.com
www.bijusubedibijay.blogspot.com

Nice
Dherai bhabuk ra gamveer lagyo sathi ! keep it up