Skip to content

चङ्गा बनी उडिदिन्छु


सम्पूर्ण सृष्टिलाई यसरी उपभोग गरिदिन्छु
आकाशलाई फटाएर चङ्गा बनी उडिदिन्छु

ताराहरू सिँउरिएर फूलदानीमा सजाइदिन्छु
सूर्यलाई टिपील्याई रातो लालटिन बनाइदिन्छु

व्रम्हाण्डका ग्रह सबै गुच्चा बनाई खेलिदिन्छु
आकाशको नीलोसबै मसी बनाई लेखिदिन्छु

बादलुको कपासमा बिछ्यौना सम्झी आराम गर्छु
सुस्केराका बतासहरू सबैतिर फैलाइदिन्छु

२०७० असोज १
बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाडौं
bijusubedi@gmail.com

www.bijusubedibijay.blogspot.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *