हे धर्ती–आमा ! हे मेरी आमा
हे आमा मलाई चाहिन्छ आशीर्वाद
किन जाने चारधाम
नजिकको आत्मा देवतालाई हेला गर्दिन म
तिमी मेरो धर्तीं आफ्नै देवता हौ
तिमी मेरी जननी, मेरो टेका स्थान हौ
तिम्रा सन्तानहरू किन ठूला साना छन्
किन समान छैनन्
तिमीले समान देखे पनि
तिमीले समान माया दिए पनि
तिम्रो सन्तान भएपनि
किन कोही धनी कोही गरिव छन्
तिम्रो पीडा बुझ्छु म
तिमीले हुर्कायौ, बढायौ
सबै कर्तब्य गर्यौ
मानिस बनाएर हुर्काएर उभ्यायौ
तैपनि परिवार भएर बाँच्दैनन् उनीहरू
त्यसैले
धनीसँग लिएर गरिवलाई दिने मेरो चलन
नगरौ है यसमा कसैले तेरो–मेरो गरी जलन
त्यसैले सारा झुपडीको प्यारो म
सारा वस्तीको प्यारो म
सुख चैन छैन मेरो सारा
म छु आमाको आँखाको तारा
आमाको काँधलाई दिएको छु टेवा
सकेसम्म गरिरहेछु दुःखीहरूको सेवा
साथ त्यसैले छ ममताको धारा
आमाको म छु अँझसम्म प्यारा
उसलाई दुनियाँले कसरी मार्छ
जसले जो सर्वसाधारणको सेवा जो गर्छ
तैपनि दुःखीहरू देखिरहेको छु
मन मैले अँझै दुखाइरहेको छु
आँखामा आँसु छ मेरो
आँखाको नानीमा छ नागको फण
बहाइरहेछु बलिन्द्र पसिना म
दुःखीयारीहरूका लागि जिइरहेको छु म
उनैका लागि जिउन चाहन्छु म
मुश्किलहरूसँग कहिल्यै हारिन म
दुष्टहरूलाई हरदम जहीँ पनि डाँटेँ
आमाका सच्चा सन्तानहरूलाई बाँडेँ
रक्षक हुँ म सच्चा सन्तान सबैको
माया लाग्छ मलाई जोसुकै दुःखीको
जब–जब चाड पर्व आउँछ
गरिव वस्तीमा जान्छु
कहिल्यै ताण्डव गर्छु
कहिल्यै मट्कि फोर्छु
कहिल्यै माखन चोर्छु
कहिल्यै गोपीहरूसँग नाच्छु
सारा दुःखी बस्तीको प्यारो छु म
सबैको आत्मामा बसेको छु म
भगवान् भन्छन् उनीहरू
म भन्छु मेरो भगवान् तिमीहरू
फेरि कोही जो शिर उठाउँछन्
उसको शिर झुकाउँछु
कोही जो शिर निहुराउँछन्
उसलाई शिरमा बसाउँछु
आमाको सन्तान सबैलाई बराबर देखाउँछु
आमा र म दङ्गदास परेर हाँस्छौं
बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाण्डौं
bijusubedi@gmail.com
