Skip to content


गुणस्तरीय वित्तीय सँस्था
सहकारी सहकारी सहकारी

सहकारी नै किन ?
हरपल वित्तीय सेवा दिन

सहकारीमा धेवा
गुणस्तरीय सेवा

सहकारीमा आजको वचत
भोलिको भविश्य सुनिश्चित

सहकारीको सेवा
तपाईंको भविश्यको टेवा

सहकारीमा वचत
हुन्छ भविश्य सुनिश्चित

आयो आयो आयो
सहकारी आयो

बचत गरौं सहकारीमा
सचेत बनौं ढुक्क सँगमा

सहकारीमा नगद जम्मा
ब्याज तपाईंको घर–दैलोमा

सहकारीमा नगद राखे पुग्छ
भविश्य सुनिश्चित हुन्छ

सहकारीमा नगद राखौं
साँच्चिकै सचेत बनौं

हरपलको वित्तीय साथी
एक मात्र छ सहकारी

सहकारीमा बचत गरौं
भविश्य सुनिश्चित पारौं

सबैलाई एउटै जानकारी
बित्तीय सँस्था मात्र सहकारी

सचेत नागरिक सधैं भन्दछ
बित्तीय सँस्था सहकारी गजब छ

वित्तमा तहल्का मच्चायो
सहकारी हामी माझ आयो

वित्तीय लगानी तपाईंको
ब्याज सुनिश्चित सबैको

नगद जम्मा गर्ने कहाँ ?
सहकारी छ जहाँ

सबैले भन्दछ हाम्रो
त्यसैले सहकारी राम्रो

नगद राख्ने एकमात्र ठाउँ
त्यसैले सहकारीमै जाऊँ

सबैले नगद राख्ने ठाउँ
लौ है सहकारीमै जाउँ

नगद जम्मा गर्ने कता ?
बित्तीय सँस्था सहकारी यता

सिर्जनशील नगद परिचालन
जतापनि सहकारी सञ्चालन

थोरै जोखिम धेरै मुनाफा
विशुद्ध सहकारी हाम्रो माझमा

सहकारीले सघाउने
सबैलाई मुनाफा दिलाउने

मात्र नगद जम्मा गर्ने
सहकारीले कमाइ दिने

ए हजूर तपाईं कता ?
राम्रो छ सहकारी यता

नगद राखौं सधैं यतै
सहकारी भन्छन् सबै

सहकारीमा कारोवार
मुनाफा नै मुनाफा सरासर

सहकारीमा नगद परिचालन
हाम्रो लगानीको समाधान

वित्तमा एउटा नयाँ नाउँ
सहकारीमा नै जाऊँ

तपाईंको नगदमा सधैं ब्याज
सहकारी सबैका माझ

सहकारीमा नगद राख्दै जानुस्
ब्याज कमाउँदै जानुस्

सहकारीमा बचत गर्दै जाऊँ
ब्याज बढाउँदै जाउँ

मात्र तपाईं काम गर्नुस्
सहकारीले हात बढाउँछ

किनकि यसमा प्रतिफल राम्रो
त्यसैले सर्वसुलभ सहकारी हाम्रो

बि.सं. २०१३ साल चैत्र २० गते शारदानगर गा.वि.स चितवन बखानपुरका बखान बहादुर सिँह गुरुङ्गको संरक्षणमा स्थापना भएको बखानपुर बचत ऋण समितिको स्थापनाबाट नै नेपालमा सहकारी अभियानको जग बसेको पाइन्छ । सहकारी अभियानको प्रांदुर्भाव भएको ऐतिहासिक दिनको स्मरण स्वरुप हर्षेल्लासका साथ राष्ट्रिय पर्वकै रुपमा नेपालमा पनि भव्यसँग मनाउने क्रममा मैले पनि यसै सन्दर्भमा ५६ औं सहकारी दिवसको उपलक्ष्यमा “ सहकारी नारा ” शीर्षकको यो कविता प्रस्तुत गरेको हुँ ।

बिजु सुवेदी “विजय”
कुलेश्वर , काठमाण्डौं
bijusubedi@gmail.com

First published : 2013-04-03 22:36:48 +0900

Leave a Reply

Your email address will not be published. Required fields are marked *