Skip to content

बिजु सुवेदी (विजय)

न कि कुर्सीको अभिसप्त

आजले नाकाबन्दी भएको २ महिना र मधेसमा आन्दोलन भएको १०० दिन पूरा भइसकेको छ । तर यत्तिबेलासम्म पनि सत्तापक्ष र आन्दोलनरत पक्ष बीच निष्कर्ष सहितको सम्झौता हुन सकेको छैन । एकातिर मधेसी दलहरू सबैको साझा धारणा बनेको छैन भने सत्ताधारीहरूको पनि एकमत भएको छैन । यो पनि जनतालाई अनिर्णयको बन्दी बनाइनुको प्रमुख कारक हो ।

प्रभात तिमी आऊ न

प्रभात तिमी आऊ न यहाँ अँध्यारो छ साह्रो
सदियौँ भयो प्रकाश यहाँ छिरेको होइन

गरिब, दुःखी, निमुखा सबै आँसुको दहमा
उजेली बनी बेजोड आऊ देखाऊ चकमा
समीप अँझै आएमा तिमी कहर मेट्नेछ
जीवन ज्योति झलल्ल गरी सहारा हुनेछ

भारतीय नाकाबन्दी अवसर र चुनौती

भारत आफ्नो स्वार्थ मात्रै हेर्छ , नेपालको स्वार्थलाई कहिल्यै हेरेन । भारतको २ प्रतिशत ब्यापार मात्रै नेपालको ८० प्रतिशत ब्यापार बराबर छ र यत्ति नै ब्यापारमा नेपाल भारतमा मात्रै निर्भर छ । ४५ साल र त्यो भन्दा पहिले पनि पटक–पटक नेपालभन्दा २३ गुणा ठूलो भारतले नेपाललाई नाकाबन्दीले धेरै धेरै कष्ट दिएको थियो तर पनि नचेतेकोले गर्दा आज देशले यो दुरावस्था झेल्नु पर्यो । नेपालका नेताहरु भारतले यस्तो अवस्था गर्ला भनेर पहिले–पहिले भारतको चम्चागिरी गर्ने गथ्र्यो र अझ भारतीय र सँग हाम्रो पार्टीको राम्रो सम्बन्ध छ त्यसैले हामीले सरकार चलाउँदा देशलाई फाइदा पुग्छ भनेर हाम्रो देशका सबै पार्टीहरुले यस्तो दाबी गर

प्रवृत्ति (लघुकथा)

– साले नेता । बेकारमा संगत गर्न आँटेछु है दाइ । काम भने पटक्कै छैन, खाली कुरा मात्र बाह्र मुरीको । काम भने पटक्कै छैन । भेटेँ भने मैले जान्या छु साले नेतालाई । म त यस्ता नेतालाई चाकडी साकडी गर्दिन ।

– हे भाइ ! साँच्चै डाँकै हो त्यो नेता । जताबाट पनि कमिशन, जताबाट पनि घोटाला । स्वीस बैङ्कमा टन्न पैसा । खरबौँको सम्पत्ति । यो देशको सबैभन्दा डाँका नेता नै त्यै हो ।

हे ! मेरी प्यारी नेपाल आमा

हे ! मेरी प्यारी नेपाल आमा जननी तिमी नै
यो मेरो प्यारो देशको सधैँ मलाई गर्व छ

तिम्रो नै लागि गर्दछु मेरो प्राण यो अर्पण
तिमी नै मेरो मुटु को हरेक रापिलोे रगत
तिमी नै मेरो सर्वस्व सधै हुनेछ गर्व छ
तिमी नै मेरो लक्ष्य यो भन्छु सदाको लागि नै

जन्मको चक्र रोक ।

जन्मको चक्र अब हे ! रोक विधिको विधाता
कतै नै छैन सोझाको चैन भोक र प्यास छ

बहाना दुई चल्दैछ हेर डुङ्गाको खियाइ
उमेर अझ घट्दैछ सदा पानीमा तैरेर
कठीन यस्तो जीवन हाम्रो सकस सधैँको
पागल मन त्रसित सधैँ जिउन धौ धौ छ

20150810_BijjuSubediBijay_Kathasangraha

साहित्यकार विजु सुवेदी ‘विजय’को कथा सङ्ग्रह प्रकाशित

मझेरीका नियमित लेखक साहित्यकार विजु सुवेदी ‘विजय’को कथा सङ्ग्रह “सत्य सङ्घर्षका कथाहरू” रत्न पुस्तक भण्डार, वागवजार, काठमाडौंबाट प्रकाशित भएको छ ।

यो कथा सङ्ग्रहमा जम्मा २८जटा कथाहरू समावेश छन् । २७ वटा कथाहरु २ पृष्ठदेखि ११ पृष्ठका छन् । कथाहरु प्रेम, राजनीति, विज्ञान तथा सामाजिक विषयमा आधारित छन् ।

देशका लागि केही गरौं

मरेर गए शहिदहरू सपना सपनै
बाँचेर हामी केही त गरौँ सहेर नबसौँ

विकास गर्न अबेर भयो हाम्रो यो देशमा
काँचुली फेर्न नेपाल देश पाइन देखाऔँ
कहिले हुने यसरी अब देशको विकास
सपना सबै विपना पार्न कम्मर कसौँ लौ

उसको सपना (लघु कथा)

“खै आफ्नो मान्छे ? के अरुकै कुरा मात्र सुन्ने ? अरुकै लागि मात्र गर्ने ? खै आफ्ना लागि केही गर्न नपाउने ? यसकारण आज नितान्त एक्लो छु म । भगवान् कति पुकार्नु । आज एलियनलाई पुकारेको छु । यहाँका मान्छेबाट म आजित भइसकेको छु । त्यसैले तिमीलाई पुकारेँ ।

तिमीलाई यो पत्र लेखिरहेको छु । यो पत्र त लेखेँ तर तिमीसम्म पुग्यो कि पुगेन कसरी थाहा पाउने ? तिमीलाई कसरी भेट्ने ? तिम्रो ग्रह हाम्रो पृथ्वीभन्दा विकसित होला । तिमी यहाँ भएका अन्याय, अत्याचार, गरिबीलाई परास्त गर्न अवश्य सघाउन आऊ । तिम्रो त्यो सुपर पावर यो धर्तीमा देखाइदेऊ ।”

वेलकम (लघुकथा)

उसले ट्रेकिङ गाइडको काम गर्थ्यो । एकदिन ऊ निकै खुसी भयो किनकि उसले एउटी एक्ली सुन्दरी कुइरेनीलाई ट्रेकिङमा लान पाउने भएको थियो ।

बेसक्याम्पमा पुगेपछि उसले गर्न हुने नहुने कार्य सबै उनै सुन्दरी कुइरेनी मारियासँग गर्यो । ऊसँगै घरजम गर्ने सपना देख्न थाल्यो । तर उनीहरूको संस्कृति अनुसार मारियालाई माया प्रेम केही परेको थिएन ।

छातीभित्र मुटु छ

छातीभित्र मुटु छ, कसरी देखाउने
हनुमान भएको भए सीताराम देखाउँथेँ

धेरै गरेकोलाई माटोमा मिल्काइदिन्छन्
एउटा गल्तीलाई तीलको पहाड बनाउँछन्
जति गरे पनि गरेको देख्दैनन् कसैले
हिजो पनि त्यस्तै छ, आज पनि उस्तै
छातीभित्र मुटु छ………….

कत्ति सहनु पिडा (गीत)

कत्ति सहनु पीडा उपकार गर्दा पनि
दियोले जलेरै त उज्यालो दिन्छ

उपकार गर्दा पनि परिवार हेरेन भन्छन्
उपकार गर्दा पनि पाप पखाल्यो भन्छन्
कत्ति सहनु पीडा उपकार गर्दा पनि
दियोले जलेरै त उज्यालो दिन्छ

महमभूकम्पको वितण्डा

२०७२ बैशाख ११२ गते ११ः५६मा महाविनासकारी महाभूकम्प गयो । यस महाभूकम्पले गोरखा, सिन्धुपाल्चोक र काठमाडौंमा सबैभन्दा ठूलो विध्वंश मच्चायो । यस महाभूकम्पले मध्यमाञ्चलभरिनै वितन्डा मच्चायो ।

बैशाख १६ गते मात्रै लाशले गर्दाै एकथरिले महामारी फैलियो भनेर ३ लाखभन्दा बढीले काठमाडौं छोडिसकेका छन् । सडक सुनसान छ, दशैंमा भन्दा पनि । भाडाका सवारी सबै रिजर्भमा चलाइरहेका छन् । काठमाडौं छोड्नेलाई गाडीको भाडा २५०० देखि ५,०००सम्म मनपरी भाडा लिएकोले स्कुलको संगठन प्याब्सनले सरकारको सहयोगमा काठमाडौं छोड्नेहरूका लागि निःशुल्क ५००वटा बस माइतीघरदेखि तीनकुने कोटेश्वरसम्म राखिएका छन् । अधिकांश मानिसहरू घरको तल्लो तल्लामा र पालमसनि बसिरहेका छन्, फेरि भूँइचालो आउला कि भनेर ।

मानिस बनौं

भगवानको रोवोट मानिस
कुनै रोबोट खेलौना रोबोट
कुनै रोबोट मानिस रोबोट
खेलौना रोबोटमा संबेदनशीलता छैन
खेलौना रोबोटलाई अरुको दुःख मतलब छैन

चित्तको सङ्कल्प, समर्पण अनि वुद्धत्व

वुद्धले स्त्रीहरूलाई दीक्षा नदिने घोषणा गरेका थिए । किनकि वुद्धको पथ पुरुषको पथ थियो । यदि स्त्रीलाई बुद्धको पथमा लग्यो भने उनीहरूले दीक्षा लिने त परै जाओस् बुद्धको पथलाई नै परिवर्तन गरिदिनेछन् । त्यसैले वुद्धले स्त्रीहरूलाई दीक्षा दिनबाट इन्कार गरेर एकएक् स्त्रीलाई “क्षमा गर्नुहोस्” भनिरहे । एकदम मजबुरीमा, ठूलो दबाबमा, र ठूलो तार्किकताका कारण वुद्धले स्त्रीहरूलाई दीक्षा दिन राजी हुनुपर्यो ।

बुद्धको अन्तिम खाना

बुद्ध एउटा गाउँमा वास बस्न आइरहेका थिए । उक्त गाउँमा एउटा गरीव शुध्रले बुद्ध आएका थाहा पाएर विहान झिसमिसेमै बुद्धलाई खोज्न आए र बुद्धलाई देख्ने वित्तिक्कै आफ्नो छाप्रोमा खाना खान बोलाए । शुध्रले बुद्धलाई उक्त गाउँमा आएका देख्ने वित्तिक्कै निमन्त्रणा गरेका थिए ता कि अरु सम्पन्नहरूले बोलाउँदा अलि ढिलो भएपछि पनि बुद्ध उतै जालान् भनेर बुद्धलाई पछ्याइरहे । बुद्धले उक्त गरिब शुध्रलाई “तपाईंकहाँ जसरी पनि भोलि आउँछु” भनेर वचन दिए । बुद्धलाई त्यहाँका वासिन्दाहरूले देख्ने वित्तिक्कै धेरैले भोलिको खानाका लागि निमन्त्रणा दिए । बुद्धले त्यो दिन उपवास छ भनेर सबैलाई बताइदिए ।

संस्मरण–४४० (२०७१–०७–२४)

एकदिन म सपनामा सुतिरहेको थिएँ । सपनाको सपनामा मलाई पातले भन्यो – “म पात ! जीवनको सुरुवात । मनलाई आनन्दित बनाउने, घामबाट खाना लिएर विरुवालाई खुवाउने । फेरि हेर ! मेरो अर्को आयाम ‘म पात, जीवनको मध्ये । पानको पात वसन्त । मायाको सारा संसार बनाउन चाहने त्यसकारण यो मेरो प्रेमको टोकन ।’ फेरि मेरो अको आयाम हेर ‘ म पात । जीवनको अन्त्य । सुख्खा शिशिर । तरै पनि मलाई नै बाल्न दिई सबैको भोजन पाक गराई मिठ्याइ दिने ।’ फेरि हेर म पातको अर्को आयाम । ‘म पात । जति पनि म सृष्टि भएँ सबैमा म फरक । सृष्टिका यसलाई तुलना गरेर हेर । सबैका लागि यो एक उदाहरण । दैवको सिर्जनाभित्र सबै जीव भिन्न । कस्तो सबै आएब्स्ट्राक्ट कला । सबै जीवमा पनि छ । सबै मनुवामा पनि छ । तिमी मनुवामा पनि छ । सबै सृष्टि विभिन्नता तर एकता । त्यसैले सबै पात हुन् । मनन गर यो बात । कति राम्रो म पात । पात, पात, पात कति राम्रो मेरो बात ।”

दुःखीलाई राम्रो होस् (गजल)

दुःखी–लाई राम्रो होओस् भनि नै रहन्छु ।
मेरो पीडा दुःख सबै पिइ नै रहन्छु ।।

दैव अझै पनि झनै निर्दयी किन हो ?
यति बेला आफू अति झोक्रि नै रहन्छु ।

मेरा लागि आफू अब केही नि माग्दिन
आफू – भन्दा दुःखी लाई तारि नै रहन्छु ।

शब्द चित्र २०७१/०६/२२

भरौटेहरूको केही दोष छैन । उनीहरू निम्न वर्गका हुन् । उनीहरूले यसो नगरेमा उनीहरूको रोजिरोटी चल्दैन । यो उनीहरूको दासी मानसिकता पनि हो । उनीहरू विद्रोह गर्न सक्दैनन् । एकदुईले विद्रोह गरे पनि साथ दिँदैनन् र विद्रोह गर्नेलाई नै परिवारबाट अलग गरी सामन्तीसँग मिलेर आफ्नै रगतका नातालाई पनि यातनामय जीवन, अँझ त्योभन्दा कठोर जीवन जिउन वाध्य पार्छन् ।