चोरेको छैन,
ढाँटेको छैन,
लुटेको छैन
परिश्रम गर्न छोडेको छैन
स्वदेशको माया धेरै लाग्छ
परदेशमा काम गरेको छैन
सरकारी काम गर्न सोर्स–फोर्स छैन
साहूहरुको काम गरिरहेछु
साहूहरुले श्रमको मूल्य दिएका हैनन्
कत्ति ठाउँमा काम गरिसकेँ
कसैले श्रमको मूल्य दिएनन्
बरु तालिम भन्छन् उनीहरु
जीवन धात्र गाह«ो भएको छ
कसरी लालावालालाई खुवाउने ?
समस्या जिउँका तिउँ छ
पैसा कहिल्यै बचाउन सकेको हैन
कुनै लगानी गर्न सकेको छैन
व्यापारी पनि बत्र सकेको हैन
पढेपछि केही न केही त हुन्छ नि भनेर
पढाइ भने टत्र गरेको छु
सरस्वतीको वास छ
लक्ष्मीको वास छैन
सबैले तैंले जेपनि काम जान्छस् भन्छन्
सहयोग माग्न आउँछन्
दया पलाएर आउँछ
तुरुन्तै काम गरिदिन्छु
लालावालाका लागि केही हुन्छ कि भन्छु
तर काम मात्र टुङ्ग्याउनी गर्ने
श्रमको मूल्य कसैबाट पाउँदिन
ल दाइ भएर पनि
ल दाइले काम जानेको हाम्रै लागि त हो नि ?
ल यत्ति सहयोग पनि नगर्ने ?
जाबो धन्यवाद दिन नै कञ्जुस्याइँ गर्छन्
आशा छैन यिनीहरुसँग पनि
यसो आफुले सहयोग गरेजस्तो
अरुबाट जहिले भए पनि सहयोग पाए त हुने नि
तैपनि जेन–तेन जीवन धानिरहेको छु
किरानासाहूहरु भन्छन् कहिले बाँकी तिर्ने ?
बाँकी चुक्ता नगरी अरु सामान लान पाइत्र
छोराको फीस तिरेको छैन
फिस नतिरे भोलिदेखि पढाउन नपठाउनु भनेको छ
श्रीमतीको लुगा फाटेको छ
कसरी बाहिर जाने भन्छे जीवन सङ्गिनी
योग्यता छ , इमान छ , जमान छ
जिन्दगी जिउन गाह«ो छ
योग्यता नहुनेहरु
इमान नहुनेहरु
जमान नहुनेहरु
ढुक्कसँग जिइरहेका छन्
आजभन्दा बढी भोलि धन कमाइरहेछन्
म इमान कमाइरहेछु
भत्रेहरुले भत्र जति भनि सके
पढेर बिग्रेको यो
पढेर बौलाएको यो
सम्झौता गर् भन्छु मरिगए मान्दैन यो
तर मसँग योग्यता छ ,
डिग्री छ ,
उपाधी छ
त्यसैले विवेक ममा अडिएको छ
त्यसैले त कमाउने उपाय छैन
कमाउनु पनि पर्ने
कसैलाई चित्त पनि दुखाउनु नहुने
यस्तो विवेक छ ममा
त्यसैले जीवन जटिल बनिरहेको छ
कठीन , अत्यन्तै कठीन बनिरहेको छ
अहिलेको पारि टर्ला जस्तो छैन
कतैबाट टर्ने लक्षण देख्दिन
समस्या समाधान गर्ने केही उपाए सुझेको छैन
त्यसैले त
चोरहरु बढेका
ढँटुवाहरु बढेका
लुटाहाहरु बढेका
तर म कदापी सम्झौता गर्दिन
जे परोस् ,जे होस्
चोर्दिन , ढाँट्दिन , लुट्दिन
सकारात्मक सोच लिइरहेछु
जन्मभूमिका सच्चा सन्तान बनिरहेछु
जति हविगतमा छोरोे पर्छ
त्यो आमाको सबैभन्दा प्यारो हुन्छ
त्यसलाई आमाको मायाको वर्षा हुन्छ
त्यसैले जन्मभूमि आमाको अति नै प्यारो छु
आमाको मायालाग्दो छोरो भइरहेको छु
सकारात्मक सोच लिइरहेको छु
आफ्नो इमान्दारीको परीक्षा दिइरहेको छु
अत्यन्तै कठीन परीक्षा दिइरहेको छु
लाग्छ यो अन्तिम परीक्षा हो
त्यसैले अत्यन्तै कठीन छ
यमराजको द्वारमा सजायँ दिनै नमिल्ने ,
त्यस्तो मान्छे बत्रु परेको छ मैले
नतिजा भगवानको हातमा छ
भगवानलाई भनिरहेछु
हेर्नुस् म कतै चुकेको छैन
हेर्नुस् राम्ररी परख गर्नुस्
“सकारात्मक सोचकलाई अदभूत शक्ति देखाइदेऊ”
“सकारात्मक सोचकलाई अदभूत सफलता दिलाइदेऊ”
बिजु सुवेदी “विजय”
कुलेश्वर , काठमाण्डौं
bijusubedi@gmail.com
