Skip to content

आखिर मेरो केही लागेन


आखिर मेरो केही लागेन, बगाए नि आँशुका धाराहरू
एकोहोरो हट गरिरह्यौ, नछोडी आफ्नै पाराहरू

अन्न पानीकै शरीर मेरो, सम्झाउँदा सम्झाउँदा थाक्न सक्छु,
उडाई गयौ हाँसोमा किन ? मारेर आँखामा छाराहरू

सीमा हुन्छ कुनै पनि कुराको सहेँ सीमा नाघेर पनि,
तमासा बनायौ दुनियाँको सामु, हँसाई गयौ सारा अरु

भाव बिल्वल भई रोएँ कराएँ, कानमा बतास लाइनौ आखिर,
सुन्यौ दुनियाँको सुनिनौ मेरो, अन्तर आत्माका नाराहरू

नबुझिने कथा झैँ भयौ, जति नै पढे नि बुझ्न गाह्रो,
घरी यसो त घरी उसो भन्दै, टारिरह्यौ झाराहरू

आखिर मेरो केही लागेन, बगाए नि आँशुका धाराहरू
एकोहोरो हट गरिरह्यौ, नछोडी आफ्नै पाराहरू

पुस्कल पौडेल (—प्रतिक)
हाल साउदी अरब …….

Leave a Reply

Your email address will not be published. Required fields are marked *