एक दिन सबैबाट टाढा हुनु पर्छ मैले पनि
तिमीले जस्तै कुनै दिन रुनु पर्छ मैले पनि !!
सराप हैन तिम्रो मनको न त कुनै आलाप नै हो
कसम खान एक दिन देउता छुनु पर्छ मैले पनि !!
तिम्रो दु:खमा रमाउदै हिँड्न कहाँ सक्छु र म
चोट -पीडामा त आँशुले मुख धुनु पर्छ मैले पनि !!
एक दिन सबैबाट टाढा हुनु पर्छ मैले पनि
तिमीले जस्तै कुनै दिन रुनु पर्छ मैले पनि !!
पुस्कल पौडेल (—प्रतिक)
