हावाले उडायो कसिङ्गर त, बाँकी फोहोर मैला थियो
मायाको हल्ला होइन, मात्र खैला बैला थियो ।।
एक अर्काकालाई हेरेर, लजाउँदै मुस्काइ दिनु
न त उस्को सुरुवात नै, न त मेरै पैला थियो ।।
जहाँ जहिले जतिखेरै, हेर्न खोज्ने प्यासी आँखा
जति भर्-यो नभरीने, शायद चुहिने घैला थियो ।।
भित्र–भित्रै गुम्सिएर, हुँदै थियो उकुस् मुकुस्
मन भित्रका व्यथाहरू, बाँधेको थैला थियो ।।
हावाले उडायो कसिङ्गर त, बाँकी फोहोर मैला थियो
न त उस्को सुरुवात नै, न त मेरै पैला थियो ।।
मायाको हल्ला होइन, मात्र खैला बैला थियो ।।
पुस्कल पौडेल (—प्रतिक)