Skip to content

तीन मुक्तक (नैनतीर)


मुक्तक–१ (नैनतीर)

नैनतीर तीखो रैछन् मुटुमानै सोझै लाग्यो
घायल मात्र नपारेर सारा तन यस्ले दाग्यो
भाग्यमानी हुन्छु भनी अभागीले तिमी रोज्यो
रहलपहल भाग्य पनि तिमीसँग उतै भाग्यो

मुक्तक –२ (मानव)

मानव हो कर्मरेखा तलमाथि भै नै राख्छ
कर्मफल मीठो हुन्छ कहिले काहीँ चाख्छ
निरन्तरी कर्मयात्रा जो कोहीले गर्ने गर्छ
भात नभै कसौंडीमा अमृतफल पाक्छ

मुक्तक –३ (गलत)

गलत काम गलत फल जो कोहीले हात पार्छ
गल्तीलाई लुकाउनलाई भाग्यलाई अघि सार्छ
जे जे कर्म गर्दै जाउँ त्यही त्यही फल मिल्दै जान्छ
सत्य कर्म सत्य फल सारा दुःख कष्ट यस्ले तार्छ

सदानन्द अभागी

Leave a Reply

Your email address will not be published. Required fields are marked *