आशाका यो पिरामिड कहिले ढल्ने होला
मुर्झाएका जीवनज्योति कहिले बल्ने होला
प्रकाशिला दिनरातमा अन्धकार नै देख्छु
यो मनज्योति जलाएर कहिले चल्ने होला
सत्मार्गका कुराकानी भूलिदिने जाना जानी
छली कुरा गरी गरी कति दिन छल्ने होला
प्रभातमा पनि यहाँ घरघोर तुयालो छ
तुयालोको सारा बादज कहिले गल्ने होला
आशामा नै झुण्डिएर आशामा नै मर्ने भए
आशाको अगेनोमा कहिलेसम्म जल्ने होला
