गणतन्त्र तिमीलाई
शुभकमना, शुभकामना
सबल र सक्षम बन
यही हो हाम्रो कामना
हे गणतन्त्र,
शहिदहरूको वलिदानले
नेपालीहरूको सङ्घर्षले
तिम्रो आगमन भएको हो
महासामन्तले कुर्सी छाडेको हो
हे गणतन्त्र
यो पनि हामीलाई थाहा छ
अँझै तिमीमा आक्रमण गर्ने
हात सलबलाइरहेका छन्
कुर्सीमा बस्ने कोहीले
महासामन्तलाई
आह्वान गरिरहेका छन्
तर गणतन्त्र
तिमी दर्विलो बन्दै जाऊ
जनता तिम्रो साथमा छन्
वलिंदानको खाँचो परे
अँझे वलिंदान दिन तयार छन्
हे गणतन्त्र
यो पनि थाहा छ जनतालाई
तिम्रो आगमन पछि
सत्तामा लुछाचुँडी भएको छ
महङ्गीले सगरमाथा नाघेको छ
विदेशीको चलखेल बढेको छ
देश टुक्र्याउने खेल खेलिएको छ
हे गणतन्त्र
दक्षिणले नाकाबन्दी लगायो
र, गिद्धले परेवा झम्टेझै
नेपालको शान्ति माथि
आक्रमण भएको छ
हे गणतन्त्र
हामीले भूलेका छैनौ
अमरसिंह र बलभद्रको बहादुरीलाई
नाकाबन्दीमा
जनताले देखाएको
धैर्य र राष्ट्रियतालाई
हे गणतन्त्र
आज जनताको ललकार छ
गणतन्त्र ल्याउनेहरूलाई
दलगत स्वार्थ त्यागी
राष्ट्रनिर्माणमा जुट
देशलाई आत्मनिर्भर बनाऊ
राष्ट्रघाती कोही भए
त्यसलाई पहिचान गर
गणतन्त्रलाई दरविलो बनाऊ
शान्तिको परेवा
नेपाली आकाशमा उडाऊ
नेपाली आकाशमा उडाऊ ।
सदानन्द अभागी
२०७३।२।१५

सदानन्दजी धन्रयवाद । अाशावादी
सदानन्दजी धन्रयवाद । अाशावादी र गणतन्रत्रका लागि सद्भावना राखेर लेखिएकाे कविता । यसका लागि यहाँ लाइ धन्यवाद ।