Skip to content


उमेर नै यस्तो रैछ मात बढ्ने मात ढल्ने
क्षणिक रैछ रङ्गीचङ्गी सारा तन त्यसै गल्ने

लजाउँदै तिनी आइन् मुसुमुसु मुस्काउँदै
मणिदन्त दर्शाउँदै जूनजस्तै आफै बल्ने

दुवै ओठ परिपूर्ण रक्तचन्दन लालित्य
शरीर कउल जस्तै दनदन आफै जल्ने

मृगका छन् नयन ती हिसीपूर्ण अनुहार
मृग नयनी भई भई काजलु आफै दल्ने

सबै तिम्रो सुन्दरता भगवानको भूलजस्तै
यो भूलमा रमाउँदा मासु नभै हाड गल्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *