मैले रक्सी पिउन छाडें तिम्रो नशा लागेपछि
घरतिर हेर्न छाडे समसाझमा दागेपछि
प्याल भर्दै रमाउँदै हजारीलाई हात लिंदै
छताछुल्ल पारिदियौ मैले नशा मागेपछि
जता हेरो उतै देख्छु आँखा तिरमिर हुँदा
अङ्कमाल गर्न खोज्छु सीमा यस्ले नाघेपछि
तब पनि हजारी लिई मधुशाला सिङ्गार्दछ्यौ
पछुताउँछन् सबै जान नशाबाट जागेपछि
धन दौलत इज्जत तिमीमा नै गुमाइदिएँ
पुर्पुरोलाई दोष दिएँ जब तिमी भागेपछि
