Skip to content


रोप्यो कसले पिरतीको फूल अनौठो
नसिद्धिने बगेर कहिल्यै मूल अनौठो

जोडेर मनका टाकुरा मिलन गराउने
बनायो कसले पिरतीको पुल अनौठो

प्रेम रोग हो थाहा छ जलाउँछ रुवाउँछ
तर पनि मान्छे गर्दछ त्यै भूल अनौठो

मर्दछ मान्छे तर मर्दैन यो प्रेम कहिल्यै
सधैं भरी मुटुमा बिझाउने सुल अनौठो

मिलन अनि बिछोड बराबर छ भोगाई
खुशी बेचेर आँसु बटुल्ने रुल अनौठो

अजित क्षेत्री

1 thought on “फूल अनौठो”

  1. मिठो गीत
    अत्यन्त मिठो गीत । शिब परियारको स्वरमा रेकर्ड भए दामी हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *