मुर्खहरू जुटेका छन् बुद्धिमानको के अर्थ भो
निर्धाहरू निर्धा नै छन् बलबानको के अर्थ भो
बाठालाई त प्रजातन्त्र मागी खाने भाँडो भयो
दुखी सधैं दुखी भए बलिदानको के अर्थ भो
आफ्नो संस्कार बिर्सिएर बिदेशीमा रमेपछि
हाम्रो प्यारो संस्कृति, पहिचानको के अर्थ भो
लडेका छन् भाइभाइ अनि बिदेशीको मिचाई
जंगे पिलर हराएसी स्वाभिमानको के अर्थ भो
मागेर देश चलेको छ टाउकै पिच्छे ऋण छ
हात थाप्नु परेपछि आत्मसंमानको के अर्थ भो

sweet gazal
Desvaktile otprot vayeko sundar gazal.ramro lagyo.