१.
थामेर देशको माटो काँधमा बसाउने वीर देऊ
म लाउँछु निसाना बैरीका आँखामा तीर देऊ
खेल्न खोजेमा सहिन्न सत्रुले हाम्रो सीमानामा
नालापानीमा हाम्रो झण्डा फर्फराउने शिर देऊ
२.
गरिबका लागि नि केही कुरा बोली दे सरकार
सक्छस् भने औषधी दे नत्र गोली दे सरकार
खोक्रो आश्वासनले कर्णालीको घाउ भरिँदैन
अर्को बिरअस्पताल हुम्लामा खोली दे सरकार
-अजित क्षेत्री-/स्याङ्जा हाल: युएई
