Skip to content

कौडीको भाउमा सुनौलो जवानी


कौडीको भाउमा सुनौलो जवानी बेच्छन् यहाँ
पोल्छन् आफ्नै घर अनि खरानी बेच्छन् यहाँ

लागेपछि लत, जुवा खेल्ने भट्टी धाउने
बिगार्छन् घरबार अनि कहानी बेच्छन् यहाँ

आफ्नाले साथ छोड्छन् पराईले हात लाउँछन्
सडकमा हुन्छ बास अनि सिरानी बेच्छन् यहाँ

गरी खानेको भन्दा ढली खानेको धाक हेर
ढलेको सिन्को सार्दैन जसले सपनी बेच्छन् यहाँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *