Skip to content

यहाँ माझीलाई


यहाँ माझीलाई छ आफ्नै बोटको चिन्ता
अनि दाजीलाई ज आफ्नै भोटको चिन्ता

नेपाली मन नेपाली पन देखाउँछु आफू
तर काजीलाई छ आफ्नै नोटको चिन्ता

मैले त दौरासुरवाल आस्कोट सिलाएँ आजै
तर पाजीलाई छ आफ्नै कोटको चिन्ता

लड्ने मान्छे नै हो उठी हिड्ने एकदिन
तर लाछीलाई छ आफ्नै चोटको चिन्ता ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *