मैले तिमीलाई मन पराएर प्रिया
भन्देउन के बिराएँ र प्रिया ?
रोपें र फूल मन मन्दिरमा फुलाएँ
भन न कुन दिन गिराएँ र प्रिया ?
तिम्रो चाह त्यो संसार बदल्ने
मेरो चाह थ्यो आफैलाई बदल्ने
गर्ने हो भन्थ्यौ माया खुल्लम खुल्ला
गरें र गल्ती प्रेम लुकाएर प्रिया ?
तिमीलाई नदेख्दा शुन्यतामा हुन्थें
तिमीलाई नभेट्ने विवशतामा हुन्थें
जहाँ हुन्थें मुटुभित्र तिमी नै त हुन्थ्यौ
टाढा हुँदा त्यो दिलबाट हराएँ र प्रिया ?
अजित
